ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक पहुँचको आधारमा मिटरब्याजीले भाग्न सक्दैनन् : उपप्रम श्रेष्ठ


ABC NEWS
१६ बैशाख २०८०, शनिबार   ५ : ०४   बजे

 

जनकपुर १६ बैशाख । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितको पक्षमा सरकार रहेको जनाउँदै कहीँ कतैबाट मिटरब्याजीको पक्षपोषण नलाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

वाग्मती नगरपालिकाले आयोजना गरेको नमुना पहरी बस्ती हस्तान्तरण कार्यक्रममा सहभागी हुन सर्लाही आइपुगेका नेता श्रेष्ठले मिटरब्याजीका लागि सरकार कठोर रहेको जनाउँदै मिटरब्याजीको पक्षमा नलाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले मिटरब्याजीको पक्षमा लागेको खबर पाए कार्यकर्तालाई कारबाहीसमेत गर्ने चेतावनी दिए । नेता श्रेष्ठले सर्लाहीमा मिटरब्याजीको जालो फैलिएको उल्लेख गर्दै राजनीतिक पहुँचको आधारमा कुनै पनि मिटरब्याजीले उन्मुक्ति नपाउने बताए ।

‘पार्टीको सक्रिय कार्यकर्ता भए पनि मिटरब्याजीको पक्षमा रहेको जानकारी पाए हामी कारबाही गर्छौं, त्यसकारण तपाईंहरु मिटरब्याजीको पक्षमा नलाग्नुस्,’ उनले भने, ‘मिटरब्याजको चंगुलमा यो जिल्ला परेको छ, पीडितलाई न्याय दिलाउन हाम्रो पहल हुनेछ ।’ उनले मधेश प्रदेशमा मिटरब्याजको जालो रहेको भन्दै जनकपुरमा मिटरब्याज जाँचबुझ आयोगको कार्यालय नै स्थापना गरेर मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने जानकारी दिए ।

मिटब्याजको विरुद्ध आवाज उठाउँदै आएका तत्कालीन नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको शंकास्पद मृत्यु भएको स्मरण गर्दै मन्त्री श्रेष्ठले वाग्लेको हत्या भएको आशंका व्यक्त गरे । उनले वाग्ले घटनामा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको जानकारी दिए ।

 

गृहमन्त्री श्रेष्ठले पीडामा परेका नागरिक तथा समस्या बोकेर आउने नागरिकको पक्षमा काम गर्न स्थानीय प्रहरी प्रशासनलाई निर्देशन दिए । उनले भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान सरकार शून्य सहनशीलताको सिद्धान्त अघि बढेको जनाउँदै मातहतका निकायले सोहीअनुसार काम गर्न गराउन निर्देशन दिए ।

वाग्मती नगरपालिका–११ मा नगरले लोपोन्मुख जाति पहरीका १३ परिवारका लागि १ करोड ५३ लाख रुपैयाँबराबरको लागतमा निर्माण गरिएको पक्की घरको साँचो गृहमन्त्री श्रेष्ठले हस्तान्तरण गरे । वाग्मती नदी किनारमा असुरक्षित बसोबास गरिरहेका पहरी जातिका कुल ७० जना व्यक्ति शनिबारबाट पक्की घरमा सरेका छन् । फुसको छाप्रोमा बस्दै आएका पहरी समुदायले पक्की घर पाएपछि दंग परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu