नवलपरासी, १८ माघ । यसैबीच, नवलपरासी (बर्दघाट सूस्ता पश्चिम) जिल्ला कारागार, नवलपरासीमा रहेका कैदी तथा बन्दीलाई लक्षित गरी निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको छ ।
सो शिविरबाट २३२ कैदी तथा बन्दीको आँखा परीक्षण भएको आयोजक नेपाल नेत्रज्योति संघ नवलपरासीले जनाएको छ । संघको २८औँ साधारण सभा तथा अस्पताल दिवसका उपलक्ष्यमा बुधबार जिल्ला कारागार नवलपरासीमा रहेका कैदी तथा बन्दीलाई निःशुल्क आँखा परीक्षण गरिएको थियो ।
सो क्रममा निःशुल्क आँखा परीक्षण आवश्यक औषधि, चस्मा समेत उपलब्ध गराइएको अस्पतालका अध्यक्ष मञ्जु कँडेलले जानकारी दिनुभयो । उक्त शिविरमा आठजना मोतियाबिन्दु भएका बिमारीलाई ४० हजार बराबरको निःशुल्क शल्यक्रियाका लागि अस्पतालमा रिफर गरिएको अस्पतालका व्यवस्थापक तुलसीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्