ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुटनीतिक समुदायलाई प्रचण्डको प्रतिवद्धता : ‘मानव अधिकार उल्लंघनको घटनामा आम माफी हुँदैन’


ABC NEWS
१ जेष्ठ २०८०, सोमबार   ९ : ०५   बजे

जेठ १ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उचित मापदण्डका आधारमा शान्ति प्रक्रिया टुंगो लगाउने बताएका छन्

सोमबार सिंहदरबारमा काठमाडौंस्थित विभिन्न देशका राजदूत र कूटनीतिज्ञहरूलाई सम्बोधन गर्दे प्रचण्डले गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनको मुद्दामा आममाफी नहुने प्रष्ट पारे।

विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतको निर्देशन र यससम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताका साथै पीडितहरूको चासो हाम्रा प्रयासहरूलाई अन्त्यतर्फ लैजाने छ,’ उनले भने, ‘शान्ति प्रक्रियाको सफलतामा आएका छौं । म हाम्रो साझेदारलाई आश्वस्त बनाउन चाहन्छु कि नेपालले उचित मापदण्डमा रहेर संक्रमणकालीन न्याय प्रक्रिया पनि टुंग्याउनेछ।’

उनले प्रमुख राजनीतिक दलहरूबीच सहमतिको आधारमा जबरजस्ती बेपत्ता पारिएका व्यक्ति छानबिन र सत्य तथा मेलमिलाप आयोगसम्बन्धी कानुन संसद्मा टेबल गरिएको र छिटो पारित गर्ने सहमति भएको जानकारी गराए।

‘यस संशोधन प्रस्ताव पीडितमैत्री छ। पीडितहरूले क्षतिपूर्तिको आधिकार राख्छन् भन्ने कुरालाई यस अवधारणाले स्वीकारेको छ,’ प्रधानमन्त्री प्रचण्डले थपे, ‘कसैलाई गम्भीर मानव अधिकार उल्लंघनको घटनामा आम माफी हुने छैन भन्ने म आश्वस्त पार्न चाहन्छ।’

पुस १० गते प्रधानमन्त्री भएपछि पहिलो पटक नेपालस्थित कूटनीतिक नियोग, राजदूत, संयुक्त राष्ट्रसंघका एजेन्सी र विकास साझेदारका प्रमुखहरूलाई बोलाएर व्रिफिङ गरेका हुन्।

सो ब्रिफिङमा भारतका राजदूत नवीन श्रीवास्तव‚ अमेरिकाका राजदूत डिन आर। थम्पसन र चिनियाँ राजदूत छन सोङसहित अन्य मुलुकका राजदूत तथा विकास साझेदार संस्थाका प्रमुखहरू सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu