ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली भुटानी शरणार्थी प्रकरणमा काँग्रेसका प्रवक्ताले भने – मिडिया र सामाजिक सञ्जाल ट्रायल भयो


एबीसी न्यूज
२ जेष्ठ २०८०, मंगलबार   १ : ३६   बजे

काठमाडौँ, २ जेठ । कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले नक्कली शरणार्थी प्रकरण गम्भीर विषय भएकाले पार्टीले गम्भीर रूपमा लिएको बताएका हुन् । उनले घटनाको अनुसन्धान जारी रहे पनि मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको दाबी गरे ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले नाम लिएका कांग्रेस सांसद मञ्जु खाँण कहाँ छिन् भन्ने प्रश्नमा प्रवक्ता महतले भने, को कहाँ छ भनेर पार्टीले फलो गर्ने कुरा भएन । मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको छ । आरजु राणाको केसमा उहाँले प्रमाणित होस भनेर उजुरी गर्नुभएको छ । तर अहिले सामाजिक सञ्जालबाट ट्रायल गरेर दोषी हो भनेर व्यवहार भइरहेको छ। यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अडियो झुटो हो भन्ने विश्वास छ ।

अनुसन्धानका क्रममा पक्राउ परेका बालकृष्ण खाँणले आफू निर्दोष छु, साबित गर्छुु भनेको पनि महतले बताए । घटनाको अनुसन्धान जारी रहेकाले निर्दोष नफसून्, दोषी नउम्किऊन्भ न्ने पक्षमा पार्टी रहेको प्रवक्ता महतले जनाए । खाँणले निर्दोष साबित गर्छु भनेकाले पार्टीले कारबाही नगरेको पनि उनले बताए ।

आरोपित व्यक्तिमा पार्टीका बालकृष्ण खाँण पनि हुनुहुन्छ । अनुसन्धान जारी छ । निष्कर्ष आइसकेको छैन। उहाँले निर्दोष छु साबित गर्छु भन्नुभएको छ । अनुसन्धान निष्पक्ष हुनुपर्‍यो । त्यसमा पूर्ण सहयोग गर्छौं । दोषी नउम्किऊन्, निर्दोष नफसून् भन्ने हाम्रो मान्यता हो। त्यो प्रकरणमा जोडिएका उहाँहरूले निर्दोष साबित गर्छु भनेपछि पार्टीले कारबाही गर्ने कुरामा निष्कर्षमा नपुगेको हो । पार्टीको बैठकमा महामन्त्रीहरूले कुनै असन्तुष्टि नराखेको पनि प्रवक्ता महतले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu