ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शरणार्थी प्रकरणमा दोषी उम्काइँदैछ, निर्दोष फसाइँदैछ : ओली


एबीसी न्यूज
७ जेष्ठ २०८०, आइतबार   १ : ४९   बजे

 

काठमाडौं ७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा गठबन्धन सरकार निर्दोषलाई फसाउने योजना बनाएको दाबी गरेका छन्।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे आइतबार बसेको संसद बैठकमा आफ्ना भनाइ राख्न क्रममा उनले यस्तो बताएका हुन्।

‘शरणार्थी प्रकरणमा मेरो सरकारको नेतृत्वको समयमा केही पनि भएको छैन। फेरि छानबिन गरे हुन्छ’, उनले भने, ‘शरणार्थीबारेको प्रतिवेदन क्याबिनेटमा आएपछि मैले अध्ययन गर्न भनेर होल्ड गरेँ, त्यसपछि सामाजिक समितिमा लगेको थिएँ’, उनले भने, ‘मभन्दा पछाडिको सरकारले त्यसबारे के गर्यो जवाफ दिनुपर्छ।’

उनले तत्कालीन नेकपामा देखिएको विवादका बेला आफूले त्यो फाइल हेर्नै नपाएको पनि बताए।

‘त्यसबेला मलाई नै ठेगान लगाउन खोजेका थिए। भित्ता पुर्‍याउन खोजेका थिए। सडकमै पछार्छौँ भन्दै उफ्रिएका थिए’, उनले भने, ‘त्यसबेला मैले कसरी फाइल हेर्न पाउनु, अघि बढाउनु, त्यहीकारण मैले उक्त फाइल होल्डमा राखिदिएको थिएँ।’

त्यसबेला पुनर्वासमा गएका ४२९ जना शरणार्थी सक्कली नै रहेको बताउँदै उनीहरुको फाइल पछि फेरिएको उनले दाबी गरे।

‌ओलीले यही प्रकरणमा पक्राउ गरेका भीआईपीहरुलाई सरकारको दबाबमा प्रहरीले छाडिदिएको पनि दाबी गरेका छन्।

‘त्यसबेला ४२९ जना ओरिजिनल थिए तर त्यसपछि कागज फेरियो। माथिको कागज ९कभर० उही राखेर व्यक्तिको सूची परिवर्तन गरियो’, उनले भने, ‘यो प्रकरणमा कसैलाई रहर लागेको छ एमालेको नाम लिन। केपी ओलीलाई गाली गर्न रहर लागेको भनेर मात्रै हुँदैन। म गृहमन्त्री, परराष्ट्र मन्त्री र प्रधानमन्त्री भएँ यदि कमजोरी देखिएको छ भने छानबिन होस्।’

उनले आफूहरु सधैँ भ्रष्टाचारीलाई कारबाहीको पक्षमा रहेको पनि बताए। ‘हामी सधैँ भ्रष्टाचारीलाई कारबाही गरियोस् भन्ने पक्षमा छौँ। अहिले निर्दोष फसाउने र दोषी उम्काउने काम भइरहेको छ’, उनले भने, ‘यो कुरा भोलि अझै भयावहरुपमा निस्किन्छ। आगो छोप्न सकिन्छ तर धुवाँ छोप्न सकिँदैन।’

यो प्रकरणमा ९७५ जनासँग पैसा उठाइएको पनि उनले दाबी गरे। ‘यो चानचुने कुरा होइन। दोषी नउम्कियोस् तर निर्दोष नफसोस्’, उनले भने, ‘तीन प्रमुख पार्टीका नेता भेट्दा सन्देह भयो भनिएछ। म निष्पक्ष र तटस्थ रुपमा यसको छानबिन हुनुपर्छ भन्ने पक्षमा छु।’

ओलीले जोसुकैले गरे पनि भ्रष्टाचार छानबिन हुनुपर्ने बताए। ‘सयौँ वर्षपछि पनि कारबाही हुनुपर्छ। व्यक्तिको मृत्यु भए पनि काण्ड त इतिहासमा रहन्छ’, उनले भने, ‘एकछिन भ्रष्टाचार ढाकछोप गरिएला, तर भ्रष्टाचारले गुडबाई भन्दैन सी यु लेटर भन्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu