ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शरणार्थी प्रकरणमा ३२ जनामाथि मुद्दा चलाउन सिफारिस, १६ जना फरार सूचीमा


एबीसी न्यूज
७ जेष्ठ २०८०, आइतबार   २ : १२   बजे

 

 

काठमाडौं ७ जेठ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोजिएको घटनामा प्रहरीले ३२ जनालाई अभियुक्त बनाएको छ । उनीहरुमाथि ४ वटा अपराधमा मुद्दा चलाउन सिफारिस गर्दै सकेसम्म आजै सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी रहेको स्रोतले बतायो ।

 

यस घटनामा पहिलो पक्राउ गरिएको आज ५७ औं दिन हो । सरकारी वकिल कार्यालयले ६० औं दिन अर्थात् बुधबारसम्ममा अदालतमा अभियोगपत्र दायर गरिसक्नुपर्ने हुन्छ । त्यसैले प्रहरी अधिकारीहरुले हिजो रातिसम्म बसेर प्रतिवेदनलाई अन्तिमरुप दिन लागिपरेका छन् ।

यस प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् भने थप १६ जनालाई प्रहरीले फरार सूचीमा राखेको छ । फरार भएकामध्ये पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक र उनका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजबाहेक अरु लो प्रोफाइलका हुन् ।

प्रहरी स्रोतका अनुसार शरणार्थी प्रकरणमा २२ वटा जाहेरी परेका थिए । १०६ जनाले आफूहरुलाई पीडितका रुपमा प्रस्तुत गरेका छन् ।

प्रहरीले आरोपिहरुमाथि चारवटा अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको छ । उनीहरुलाई ठगी, सरकारी कागजात किर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको हो । तत्कालीन समयमा सार्वजनिक पद धारण गरेकाहरुको हकमा अख्तियारलाई पत्र लेख्ने तयारी छ । अन्यको हकमा सम्पत्ति सुद्धिकरण विभागलाई पत्राचार गरिनेछ ।

स्रोतका अनुसार प्रहरीले ३२ जना आरोपिबाट २६ करोड ८८ लाख ७५ हजार रुपैयाँ विगो दावी गर्न सिफारिस गरेको छ ।

 

नक्कली शरणार्थी प्रकरण : अभियोगपत्र दायर भइसकेपछि ‘थप संलग्न’माथि मुद्दा लाग्छ कि लाग्दैन ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu