ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीले आफ्नो सरकारका ३३ कार्यक्रम किन हटाएको भन्दै प्रचण्ड–देउवालाई यसरी बाण चलाए (३३ बुंदा)


एबीसी न्यूज
७ जेष्ठ २०८०, आइतबार   ५ : ४८   बजे

काठमाडौं ७ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले आफू नेतृत्वको सरकारले शुरु गरेका कार्यत्रम हटाएको भन्दै संसदमा सम्वोधन गर्दै चर्को आक्रो पोखेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा ओलीले सरकारको नीति तथा कार्यक्रमले विगतका उपलब्धिलाई अघि नबढाएको भन्दै आफ्नो पालामा भइसकेको काम भदै ३३ बुंदामा प्रस्तुत गरेका छन् ।

देश बनिसकेको थियो, गठबन्धनले ध्वस्त पार्‍यो

 

ओलीले गरेका दाबी : 
१. एक अर्थिक वर्षमा १० किलोमिटर मात्रै कालोपत्रे गर्ने अभ्यास चलिरहेका बेला प्रतिदिन कम्तीमा पाँच किलोमिटर कालोपत्रे गर्ने, कम्तीमा पाँच किलोमिटरभन्दा बढी डबल लेन, फोरलेन र सिक्स लेनका सडकहरू कालोपत्रे गर्ने, त्यस दरले पक्की सडक निर्माण गर्ने हो । प्रतिदिन १२ किलोमिटर कालोपत्रे सडक निर्माण गर्ने ढंगले काम अघि बढेको थियो । अहिले त्यो प्रतिबद्धता, त्यो गति कता हरायो ?

२. पूर्वपश्चिम राजमार्गलाई चारदेखि छ लेन बनाउन प्रारम्भ गर्‍यौँ । मध्यपहाडी पुष्पलालमार्ग, मदन भण्डारी राजमार्ग, कोसी, गण्डकी, कर्णाली राजमार्गको पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी तीव्र गतिमा अघि बढाएको थियौँ । अहिले ती कार्यक्रम अलपत्र अवस्थामा छन् ।

३. पूर्वपश्चिम विद्युतीय रेलमार्गका कतिपय खण्डका डीपीआर तयार पारी निर्माण प्रारम्भ गर्दै थियौँ । काठमाडौं–वीरगन्ज र रसुवागढी–काठमाडौं, पोखरा–लुम्बिनी रेलमार्गको निर्माणको तयारी हुँदै थियो । कता हराए यी कार्यक्रम ?

४. मुलुकले औद्योगीकरणको आधार तयार गर्दै थियो । धौवाजी फलाम खानीबाट फलामको परीक्षण उत्पादन गरिसकेका थियौँ । सिमरा गार्मेन्ट्स प्रशोधन केन्द्रको पूर्वाधार तयार गरेका थियौँ । बहुमूल्य पत्थर प्रशोधन उद्योग स्थापनाको तयारी गरिरहेको थियौँ ।

५. ७४ औद्योगिक ग्राम, ६ औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र स्थापनाको पूर्वाधार तयार भइसकेका थिए ।

६. मित्रराष्ट्र चीनसँग सातवटा बन्दरगाह प्रयोग गर्न र मित्रराष्ट्र भारतसँग आन्तरिक जलमार्ग हुँदै पानीजहाज सञ्चालन गर्न सहमति जुटाई दुईपक्षीय तथा अन्तर्राष्ट्रिय व्यापारको ढोका खोलिएको थियो । कहाँ हराए ती कार्यक्रम ?

७. हुलाकी राजमार्गको निर्माण सुरु गर्‍यौँ र अघि बढायौँ । त्यो लगभग पूर्णताको अवस्थामा छ । निर्वाचन क्षेत्र रणनीतिक सडक र प्रदेश राजधानीसम्म वडा केन्द्र जोड्ने सडक जोड्ने अभियान थालेका थियौँ । अहिले नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’को नजिक छ ।

८. मित्रराष्ट्र भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन १२ महिनामा सम्पन्न भएको थियो ।

९. भूकम्पले क्षतविच्छेद पारिएका संरचनाको पुनर्निर्माण उत्साहका साथ सम्पन्न भएको थियो ।

१०. धरहरा सानदार रूपमा उभिएको छ । अहिले अलपत्र पारिएको छ ।  देशलाई ठूलो घाटा बनाइएको छ । यो इतिहासँग पनि तपाईंहरूलाई शत्रुता किन भएको, मलाई अचम्म लाग्छ । धरहरा मैले बनाएको होइन, धरहरा भीमसेन थापाले निर्माण गरेको हो । इतिहासले बनाएको हो । अनि, त्यो धरहरासँग तपाईंहरूको दुस्मनी के ?

११. रानीपोखरी पहिलाभन्दा राम्रो देखिएको छ ।

१२. दरबार हाइस्कुलसहितका विद्यालयमा बालबाबालिकाले ढुक्कसँग पढ्न पाउने स्थिति बनेको छ ।

१३. सात लाख ५८ हजार ७९३ निजी आवास, छ हजार ५८५ विद्यालय, ७५१ स्वास्थ्य संस्था र ५८६ पुरातात्त्विक संस्थाको पुनर्निर्माण छोटो अवधिमा भएको हो ।

१४. जनता आवास कार्यक्रममार्फत १३ हजार ८५ परिवारलाई नयाँ आवास उपलब्ध गराएको ।

१५. फुस र खरको छानामुनिका सात लाख परिवारलाई जस्तापाताको छानासहित सुरक्षित घर उपलब्ध गराएको ।

१६. चक्रवातबाट प्रभावित बारा र पर्साका जनतालाई केही महिनामै ८६९ घर उपलब्ध गराएको, कतिका छाप्रा उडेका थिए, त्यहाँ पक्की घर उपलब्ध गराएको थियो ।

१७. जोखिमपूर्ण बस्तीलाई सुविधासम्पन्न एकीकृत बस्तीमा स्थानन्तरण गरेको ।

१८. हाम्रा बालबालिका खाते हुन सक्दैनन् भनेर सडक बालबालिका व्यवस्थापन गर्ने अभियान चलाइयो ।

१८. हाम्रा अभिभावक सहाराविहीन हुन सक्दैनन् भनेर सडक मानवमुक्त अभियान चलाएर बसोबासको बन्दोबस्त गरियो ।

१९. अपांग, अशक्त भएको व्यक्तिको मौलिक हकको व्यवस्थापन गर्ने काम गर्‍यो । यस्ता अनेकौँ काम तीन वर्षभित्र सम्पन्न भयो । यो दुई वर्षमा मलाई गाली गर्ने, नेकपा (एमाले)लाई गाली गर्ने, खेल खेल्नेबाहेक तपाईंहरूले के गर्नुभयो ?

२०. मेलाम्ची खानेपानी आयोजनाका बाँकी धेरै काम मेरो सरकारले सम्पन्न गर्‍यो । यदि, नेकपा (एमाले)को सरकार त्यस बेला नबनेको भए मेलाम्ची खानेपानी एउटा ड्रिमकै रूपमा रहन्थ्यो, रियालिटी हुन्छ कि हुँदैन भन्ने कुरा मान्छेहरूलाई विश्वास लाग्ने थिएन । मुहानमा बाढीले क्षति पुर्‍याएपछि चैतभित्र ल्याउने घोषणासहित एमाले लागेको थियो । तर, सरकार ढलेपछि अहिलेसम्म बनेन । हिउँदमा अलिकति आउँछ, पानी पर्न लागेपछि रोकिजान्छ ।

२१. सोही आयोजनाको दोस्रो चरणका काम पनि अघि बढाएका थियौँ ।

२२. कठिन अवस्थामा रहेका परिवारलाई खानेपानी निःशुल्क उपलब्ध गराउने अभियान सुरु गरेका थियौँ । खानेपानीको गुणस्तर सुधार गर्दै थियौँ ।

२३. ऊर्जा संकटबाट गुज्रेको देशलाई लोडसेडिङमुक्त गरेका थियौँ । विद्युत् तार भूमिगत बनाउने योजना अघि बढाएका थियौँ ।

२४. प्रतिव्यक्ति विद्युत् खपत ११० किलोवाटबाट प्रतिघण्टा २६० किलोवाट पुर्‍यायौँ । ३३३ मेगावाट थप विद्युत् उत्पादन गरी वितरणमा ल्यायौँ । विद्युत् निर्यात गर्नका लागि आवश्यक पूर्वाधार स्टेसन, सबस्टेसन र ट्रान्समिसनलाइनसहितका पूर्वाधार तयार पार्‍यौँ । गर्न खोज्यो भने छोटो अवधिमा थुप्रै काम गर्न सकिँदो रहेछ ।

२५. सिँचाइका लागि साना, मझौला, ठूला र नदी डाइभर्सन बहुउद्देश्यीय आयोजनामार्फत सबै कृषियोग्य जमिनमा ‘अल वेदर’ सिँचाइको सुविधा उपलब्ध गराउने योजना अघि बढाएका थियौँ ।

२६. तराईको एक लाख ८५ हजार जमिनमा सिँचाइ पुर्‍याउन, सुनकोसी–मरिन डाइभर्सनका लागि बहुउद्देश्यीय ढंगले काम बढाइएको थियो । सुनकोसीमा बाँध, टनेल, मरिनमा आवश्यक काम गर्ने योजना छिन्नभिन्न भएको छ ।

२७. त्रिभुवन विमानस्थलको धावनमार्ग पुनर्निमाण कार्य सम्पन्न गर्‍यौँ । काठमाडौंबाहिरका सातवटा विमानस्थलमा रात्रि उडान सेवा सुरु गर्‍यौँ ।

२८. पर्यटकको संख्या बढाउन र बसाइ लम्ब्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्‍यौँ ।

२९. डिजिलन नेपाल फ्रेमवर्क कार्यान्वयनमा ल्यायौँ ।

३०. शून्यको अवस्थाबाट ७७ जिल्लामा फोरजी सेवा विस्तार गर्‍यौँ ।

३१. देशभित्रै रोजगारी सिर्जना गर्दै थियौँ । १०० दिनको रोजगारी ग्यारेन्टी गरेका थियौँ ।

३२. योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्यायौँ, अहिले त्यो के हुँदै छ ?

३३. १०० दिनको रोजगारी ग्यारेन्टी गरेका थियौँ, अहिले के हुँदै छ ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group