ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सचिव पाण्डे र बिचौलिया दुलालबीच ह्वाट्सएप संवाद : प्रहरीका सरूवा–बढुवादेखि सुन तस्करीसम्म


एबीसी / संवाददाता

काठमाडौँ, १० जेठ । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका सचिव टेकनारायण पाण्डेको मोबाइलबाट गृह मन्त्रालयमा भएका अन्य अवैध गतिविधिका विवरण पनि प्रहरीले फेला परेको छ ।

ह्वाट्सएप च्याटमा बिचौलिया केशव दुलाल र उनीबीच शरणार्थी प्रकरणमा आर्थिक लेनदेनका कुरा मात्र होइन, प्रहरी अधिकारीहरूको सरूवालगायतका विषयमा पनि छलफल भएको पाइएको छ ।

दुलालले आफूनिकट नेपाल प्रहरीका एक एसपीलाई एसएसपीमा बढुवा गरिदिन भनेका छन् । त्यसवापत उनले ‘केही आर्थिक सहयोग पनि गर्ने’ उल्लेख गरेका छन् । सचिव पाण्डेले ‘हुन्छ’ भनेर जबाफ दिएका छन् । त्यति मात्र होइन दुलालले विमानस्थलबाट सुन तस्करीको लाइन मिलाइदिन पनि आग्रह गरेका छन् ।

त्यसलाई पनि पाण्डेले अस्वीकार गरेका छैनन् । ‘प्रहरीले नमान्ने भएकाले गाह्रो हुने’ जबाफ दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पाण्डेले नै दुलालसँग आर्थिक लेनदेन गरेका थिए । आफूले एक करोड २४ लाख लिएर तत्कालीन मन्त्री बालकृष्ण खाणलाई बुझाएको उनको दाबी छ ।

पूर्वगृहमन्त्री खाणको मोबाइलबाट डाटा रिकभर गर्न प्रहरीले सकेन
अनुसन्धानमा तानिएका पाण्डेले सबै च्याट डिलिट गरे पनि प्रहरीले फरेन्सिकबाट रिकभर गरेको थियो । पूर्वगृहमन्त्री खाणको मोबाइलबाट भने डाटा रिकभर गर्न प्रहरीले सकेन । सचिव पाण्डेले बयानमा दुलालसँग यी विषयमा कुराकानी भएको स्वीकार्दै सूचना लिनका लागि आफूले यसरी कुराकानी गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com