ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजगारीमा जाने नेपालीबाट १० महिनामा ७५ करोड बराबरको ठगी


एबीसी न्यूज
११ जेष्ठ २०८०, बिहिबार   ५ : ४८   बजे

काठमाडौं, ११ जेठ । वैदेशिक रोजगारीमा जाने नेपालीहरू ठगिने क्रममा दिनप्रतिदिन बढिरहेको छ । चालु आर्थिक वर्ष १० महिनामा मात्र ७५ करोड भन्दा बढीको ठगी गरेको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गैर कानुनी रूपमा बिचौलिया तथा दलालहरूले बिचौलिया र एजेन्टहरूले ७५ करोड ७७ लाख भन्दा बढीको ठगी गरेको पाइएको हो । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा ठगीमा परेको भन्दै ९२५ उजुरी विभागमा परेका छन् ।

उनीहरूले ७५ करोड ७७ लाख ४१ हजार २१४ रुपैयाँ बराबरको रकम दाबी गरेका छन् । यसरी ठगी गर्नेमा वैदेशिक रोजगारीमा श्रमिक पठाउने अनुमति नपाएका एजेन्ट तथा दलालहरू बढी देखिएका छन् । इजाजत लिएर कामदार पठाइरहेका कम्पनीहरूले समेत कामदारबाट मोटो रकम लिएर पठाउने गरेका छन् । तर, त्यस्ता खालका उजुरी कम आउने गरेको विभागले जनाएको छ ।

विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार यसरी ठगिनेमा अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६९५ उजुरी परेका थिए । जसमा ५० करोड ४४ लाख ६१ हजार रकम दाबी गरिएको थियो । वैशाख महिनामा मात्र १०४ उजुरी परेको विभागको तथ्याङ्कले देखाएको छ । यसरी उजुरी परेका ९२५ मध्ये ७७ वटा उजुरी अदालतसम्म पुगेका छन् ।

ठगी गरेको आरोपमा विभागले प्रहरीको सहयोगमा १७६ बिचौलियालाई पक्राउ गरेको देखिन्छ । त्यस्तै विभागको रोहबरमा १३५ उजुरीमाथि मिलापत्र गराइएको छ । त्यसरी मिलापत्र गराउँदा एजेन्टहरूले ९ करोड ४३ लाख रुपैयाँ फिर्ता गरेका छन् ।

विभागले प्रमाणको आधारमा अदालतमा मुद्दा दायर गर्ने, मिलापत्र गराएर बढी लिएको रकम फिर्ता गराउने लगायतका काम गर्दै आएको छ । वैदेशिक रोजगारीमा जाने कामदार ठगिने घटना बढ्दै गएपछि सरकारले यो विषय निकै गम्भीर देखिएको छ । आफू कुनै समस्यामा परेको खण्डमा तत्काल सम्पर्क गर्न भन्दै २४ घण्टा नै हटलाइने सेवा सञ्चालन गर्दै आएको छ । त्यस्तै उजुरी पर्ने वितिक्कै प्रहरीको सहयोगमा एक्सन लिने गरेको सूचना अधिकारी सुवेदीले बताए ।

त्यस्तै विभागले म्यानपावर व्यवसायीमाथि अनुगमन गर्नका लागि निर्देशकको नेतृत्वमा तीनवटा समिति समेत गठन गरेको छ । ती समितिहरूले आवश्यकताको आधारमा अनुगमन गर्ने, छापा हान्ने लगायतका काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group