ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई जबाफ दिन एमालेले रोक्यो वेल घेराउपछि संसद् बैठक स्थगित


ABC NEWS
१२ जेष्ठ २०८०, शुक्रबार   १२ : ५०   बजे

काठमाडौं १२ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। वेल घेराउ गरेर एमाले सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका हुन्।

बैठकको सुरुमै एमाले सांसदहरुले ड्यासबाट उठेर विरोध सुरु गरेका थिए। एमाले प्रमुख सचेतक पदम गिरीले सत्ता पक्षले गम्भीर आरोप लगाएको भन्दै त्यसबारे प्रष्ट नहुन्जेल संसद अघि बढ्न नदिने उल्लेख गरे।

‘सदन सुचारु हुनुपर्छ। हामी पनि त्यही चाहन्छौँ। यति गम्भीर किसिमको आरोप लगाइएको छ। पशुपतिनाथमा सुन भनेर पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लागेको छ’, एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘यसबारे छानबिन हुनुपर्छ। देशको मुख्य चुनौती भ्रष्टाचार हो। जुनसुकै पक्षको मनोबल गिराउनु छ। सदनभित्र भ्रष्टाचारका विषय मनलाग्दो गरी आएका छन्। बिनाआधार बिनाप्रमाण आरोप लगाइन्छ भने एमाले चुप बस्दैन।’

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्तापक्षबाट बिनाआधारका एकपछि अर्को आरोप आउने काम भएको भन्दै आपत्ति जनाएका थिए। ‘जेठ १० गते माओवादी सांसद लेखनाथ दाहालले पशुपतिनाथको जलहारीमा भ्रष्टाचार भएको गम्भीर कुरा झिक्नु भयो। यो आरोप कसरी आएको छ, तथ्यमा आधारित भएर आएको हो कि होइन ? पशुपतिमा लगाएको सुन होइन, पित्तल हो भनियो। यसबारे जनताले बुझ्न पाउनुपर्छ, सरकारले यो विषयमा जवाफ दिनुपर्छ। कुनै पनि भ्रष्टाचारका मुद्दामा कोही पनि उम्किनु हुँदैन।’

नेम्वाङले सरकाले जलहारीमा लगाइएको सुन हो कि पित्तल हो जवाफ दिनुपर्ने उनले बताए।

‘सत्ता पक्षले सुनको जलहारी चढाउने भनेर पित्तलको जलहारी चढाइ भनेर भ्रष्टाचारको आरोप हामीमाथि लगायो’, उनले भने, ‘सत्ता पक्षले भनेपछि यो हो भन्ने हुन्छ, जनतामा त्यही कुरा जान्छ। हामी यस्तो आरोप टाउकोमा बोकेर प्रक्रिया अघि बढाउन सक्दैनौँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

हेलिकप्टरको आवाजबीच घाइतेको उपचारमा व्यस्त रसुवा अस्पताल, इन्धन अभावको चिन्ता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu