ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शरणार्थी प्रकरणमा आफू नजिकका मान्छेलाई पोल्न बयान फेराएको ओलीको आरोप (भिडियो)


ABC NEWS
१२ जेष्ठ २०८०, शुक्रबार   ५ : ०२   बजे

काठमाडौं १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्ररणमा आफू नजिक रहेकालाई जबरजस्ती पोल्न लगाइएको बताएका छन्।

पार्टी कार्यालय, ललितपुरमा जारी अनुशिक्षणमा अध्यक्ष ओलीले शरणार्थी प्रकरणमा एमालेलाई मुछ्न बयानसमेत रोकिएको आरोप लगाए।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले, खासगरी मेरो नजिकका रहेका भनिएका मानिसहरूलाई कसरी नाम पोल्न लगाउनेरु कसरी नाम लेख्न लगाउनेरु कसरी नाम मुछ्न लगाउने र त्यो कसरी प्रचार गर्नेरु भयो,’ उनले भने, ‘प्रहरीकहाँ कसैले बयानमा नाम उच्चारण गर्‍यो भने अखबारमा सँगसँगै कसरी पुग्छ ? कहिलेकहिले अघिल्ला दिन अखबारमा पुग्छ, भोलिपल्ट बयानमा आउँछ, कस्तो तयारीसाथ भइरहेको छ।’

उनले सही गर्न नमान्दा, बयान रोकेर सही गराइएको पनि बताए।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा शुक्रबार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षित गर्न आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘तपाईंहरू जिम्मेवारीमा हुनुहुन्छ । तपाईंहरू जवाफदेही र उत्तरदायी हुनुपर्छ । त्यसैले तपाईंहरूले समय खेर नफाल्नुहोला । आफूले आफूलाई हरेक समय सोधिरहनुहोला कि तपाईं यो बेला जहाँ हुनुहुन्छ, त्यहाँभन्दा अन्तै हुनु पो महत्वपूर्ण थियो कि ?’

अध्यक्ष ओलीले जनप्रतिनिधिको एक वर्ष बितिसकेको भन्दै अब साढे तीन वर्ष बित्न पनि धेरै समय नलाग्ने बताए । ‘हामीसँग धेरै समय छैन । परिस्थिति फेरिएको छ । त्यसैले बेलैदेखि हामीले उपलब्धिहरू, कामहरू देखिने गरी जनताको अघिल्तिर प्रस्तुत भएर जानुपर्छ,’ उनले भने ।

उनले उद्देश्यमा स्पष्ट योजना बनाएर बजेट निर्माण र योजनाअनुरुप काम गर्न जनप्रतिनिधिहरूलाई निर्देशन दिए । अध्यक्ष ओलीले जनप्रतिनिधिले नागरिकप्रति उत्तरदायी र जवाफदेही भएर प्रस्तुत हुनुपर्ने बताए ।

🔴स्थानीय तहका जनप्रतिनिधिका लागि अनुशिक्षण कार्यक्रममा केपी ओली ।। LIVE ।।

‘जनप्रतिनिधिले कार्यसम्पादन कसरी गर्ने, हाम्रो बोली चाली व्यवहार कस्तो हुनुपर्छ भन्ने कुराले हामीप्रति जनताले हेर्ने दृष्टिकोण बन्छ,’ ओलीले अघि भने, ‘हामीले नागरिकसँग, हामीसँग जोडिन आएका नयाँ मान्छेहरूसँग अनैतिक तरिकाले प्रस्तुत हुन मिल्दैन । त्यही बेलाको बोली र व्यवहारबाट हामीलाई नागरिकले हेर्ने दृष्टिकोण तय हुन्छ । तपाईंहरूले ख्याल गर्नुहोला ।’

त्यो नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका र खासगरी मेराे नजिक रहेका भनिएका मान्छेहरूलाई कसरी नाम पाेल्न, कसरी नाम लेख्न, कसरी मुछ्न लगाउने र त्यो कसरी प्रचार गर्ने! पुलिसकहाँ कसैले नाम उच्चारण गर्याे बयानमा भने अखबारमा सँगसँगै कसरी पुग्छ?…’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group