ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आमनिर्वाचनको ६ महिना नबित्दै ६ सांसद विवादमा तीन सांसद निलम्बित (भिडियो)


एबीसी न्यूज
३ असार २०८०, आइतबार   ९ : २९   बजे

काठमाडौं, ३ असार । नागरिकता विवाद, हत्या, रकम असुली र भ्रष्टाचारलगायत काण्डमा मुछिएपछि आमनिर्वाचनको ६ महिना नबित्दै ६ सांसद विवादमा परेका छन । विवादित तीनजना सांसद निलम्बित भएका छन भने भने नागरिकता विवादमा परेका सांसद रवि लामिछानेको क्षेत्रमा उपनिर्वाचन भएर उनै विजयी बने । त्यस्तै, अर्का एकजना सांसदको निलम्बन फुकुवा र एकजना समानुपातिक सांसदको ठाउमा अर्का सांसदले सपथ ग्रहण गरिसकेका छन । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी मुद्दामा सफाइ पाएर पुःन सांसद बनेका छन ।

नागरिकता विवाद, हत्या, रकम असुली र भ्रष्टाचारलगायत काण्डमा मुछिएपछि आमनिर्वाचनको ६ महिना नबित्दै ६ सांसद विवादमा परेका छन । भने विवादित तीनजना सांसद निलम्बित छन । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामा गएसँगै निलम्बित सांसदको संख्या तीन पुगेको हो । यसअघि, मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार काण्डमा र महोत्तरी १ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरी हत्या आरोपमा मुद्दा चलिरहेकाले निलम्बनमा परेका थिए । यसैगरी, २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित रास्वपा सभापति रवी लामिछानेको भने नागरिकता विवादमा अदालतको फैसलापछि सबे पद गुमोको थियो ।

यद्यपी, १० वैशाखमा उपनिर्वाचन भई उनी पुनः निर्वाचित भएका थिए । त्यसैगरी, कैलालीबाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीले सफाइ पाएसँगै सांसद पद पुनर्बहाली भएको छ । यता, रास्वपाका तर्फबाट समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ पनि निलम्बित भई उनको ठाउँमा सो पार्टीले विन्दवासिनी कंसाकारलाई सांसद बनाइसकेको छ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीको कोर टिमलाई २ करोड बुझाउनुपर्ने भन्दै रकम मागेको अडिओ सार्वजनिक भएपछि उनी निलम्बित भएका थिए । यता, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा गएका टोपबहादुर रायमाझी रायमाझी गत ४ मंसिरमा सम्पन्न चुनावमा अर्घाखाँची १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । शरणार्थी प्रकरणमा नाम जोडिएपछि प्रतिनिधिसभा सदस्यबाट १ जेठ २०८० मा उनि निलम्बित भएका छन । त्यसअघि, वैशाख २७ गते रायमाझीलाई नेकपा एमालेले पार्टी सचिवबाट निलम्बन गरेको थियो । यस्तै, मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङ निलम्बित छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरुङविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भई विचाराधीन अवस्थामा रहेकाले उनी निलम्बनमा रहेका हुन् । भ्रष्टाचार मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बनमा रहने व्यवस्था अनुसार उनी गत पुस ८ गतेबाट निलम्बनमा परेका हुन् । भ्रष्टाचार मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बनमा रहने व्यवस्थाअनुसार उनलाई निलम्बन गरिएको सचिवालयले जनाएको छ ।

अर्का फरार सांसद लक्ष्मी महतो कोइरी पनि निलम्बनमा छन् । २०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् । नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै संसद सचिवालयलाई दोस्रो पटक पत्र पठाएपछि गत वैशाख १९ गते सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन् । महतो गत ४ मंसिरको चुनावमा महोत्तरी–१ बाट निर्वाचित एमाले सांसद हुन् ।

सांसद पक्राउ सम्बन्धी व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम २४८ मा छ । प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पूर्पक्षको लागि थुनामा रहे सांसद पद निलम्बन हुन्छ । त्यस्तै संगठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएका व्यक्ति पनि उम्मेदवार बन्न अयोग्य मानिन्छन । कैदमा रहेका व्यक्ति कैद बसेको अवधिभर पनि उम्मेदवार बन्न अयोग्य हुने व्यवस्था छ । तर, त्यसलाई दलहरूले नजरअन्दाज गरेर उम्मेदवार बनाइ निर्वाचनमा सहभागि गराउँदै आएका छन । कानुन निर्माण गर्ने थलोमा पुग्न अपराधमा मुछिएका व्यक्तिलाई नै दलहरूले उम्मेदवार बनाउँदा दण्डहीनताले थप प्रश्रय पाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group