काठमाडौं ३ असार । समाजवादी मोर्चा घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित चार दलका शीर्ष नेताहरू अहिले बालुवाटारमा छलफल गरिरहेका छन्।
छलफलमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ छन् भने नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपाबाट महासचिव विप्लव सहभागी छन्।
स्थानीय तहसम्म संयन्त्र बनाउनेगरी यसै साता ६ दलको संयुक्त समाजवादी मोर्चा घोषणा गर्ने तयारी रहे पनि जारी छलफलमा चार दलका शीर्ष नेता मात्र भेला भएका हुन्।
प्रतिक्रिया दिनुहोस्