भक्तपुर, १९ माघ । नेपाल बिद्यार्थी संघको बिवादलाई लिएर पदाधिकारीहरु आरोप प्रत्यारोपमा उत्रिएका छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा लामो समय समयसम्म महाधिबेशको गतिबिधिलाई लिएर वर्तमान कार्यसमिति मौन रहेको बिषयमा उनीहरु आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।
नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले संघमा देखिएको विवाद अहिलेको नभई २० बर्ष अघिको नेतृत्वको गुटउपगुटको कारण भएको भन्दै उनले यस अघिको नेतृत्वले आफूले नेबिसंघ समाल्दा कुईएको फर्सि दिएको र यसलाई आफू र अहिलेको नेतृत्वले डाँठ मात्र भएपनि जोगाई राखेको बताउनुभयो ।
आगामी महाधिवशेन पार्टी भित्रको गुटउपगुटका साथै कुनैपनि शक्तिले रोक्न नसक्ने भन्दै अध्यक्ष महरले यसका लागी केन्द्रीय समितिले आबश्यक तयारी अघि बढाइसकेको जानकारी दिनुभयो । उहाँले नेविसंघको आगामी महाधिवेशन तोकिएकै समयमा हुने बताउँदै महाधिवेशनका लागी तयारी भएर बस्न देशभरका सदस्यहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष शिव रिमालले संघमा देखिएको गुटउपगुटकै कारण संघ धरासायी हुँदै जानुका साथै विभिन्न जिल्ला र केन्द्रमै आपसी द्धन्द्ध बढेको बताउनुभयो । अध्यक्षको मनपरि निर्णयकै कारण वर्तमान अवस्था उब्जीएको भन्दै रिमाले राम्रा कामको सम्र्थन र गलतको बिरोध गरिरहेको बताउनु भयो । उहाँले वर्तमान अध्यक्षले आफ्नो मनोमानी नरोके त्यसको कडा प्रतिरोधमा उत्रने समते चेतावनी दिनुभयो ।
कार्यक्रममा नेविसंघ भक्तपुरका पूर्वअध्यक्ष एवं काँग्रेसका युवा नेता सुरेश श्रेष्ठले नेविसंघमा गुटउपगुटको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान समयमा नेपाली काँग्रेसले युवाहरुको परिचालन गर्न नसक्दा भोगेको निर्वाचन परिणामलाई पार्टीले आत्मसाथ गर्दै गुटउपगुट नभई सम्रग पार्टीको हितमा काम गर्नु पर्नेमा जोड दिनुभयो ।
पार्टीले आफ्नालाई भन्दा पनि राम्राको पहिचान गरि जिम्मेवारी दिन नसक्दाको परिणाम तर्फ बेलैमा सोच्न नसकले यसले पार्टीभित्र भुकम्प निम्ताउने उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्