धनगढी ५ असार । सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।
डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको गाडी केदारस्युँ गाउँपालिका १ मा दुर्घटना भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।
उनका अनुसार गाडीमा सवार मन्त्री सिंहसहित उनकी श्रीमती अमृता सिंह, पीएसओ दिपक भण्डारी, चालक धर्मराज जोशी र जयदेवी सिंह घाइते भएका छन् ।
उनीहरुको उद्दार गरेर उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस्