ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भू–राजनीतिक संवेदनशीलता ध्यानमा राखेर विदेश सम्बन्ध बनाउनु पर्ने वर्षमान पुनको टिप्पणी


ABC NEWS
५ असार २०८०, मंगलबार   ३ : ३१   बजे

काठमाडौँ ५ असार नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले नेपालले भू–राजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर कूटनीतिक सम्बन्ध अघि बढाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा मंगलबार बोल्दै पुनले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा कूटनीतिक परिपक्वता र दूरदर्शिता देखाउन नसके नेपालले अहिलेको भन्दा असहज परिस्थितिको सामना गर्नुपर्ने स्थिति आउने उल्लेख गरे । कूटनीतिक सम्बन्धबारे सत्तापक्ष र प्रतिपक्षबीच समान धारणा हुनुपर्नेमा उनले जोड दिए । ‘हामी भूराजनीतिक जटिलताको सामना गरिरहेका छौं’, पुनले भने, ‘कूटनीतिक सम्बन्ध सञ्चालन गर्दा राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्छ, राष्ट्रिय स्वार्थलाई गौण बनाएर दलगत स्वार्थमा चल्दा हामी अप्ठेरोमा पर्ने स्थिति रहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा ‘प्रथम महिला’ बारे जवाफ दिने दायित्व परराष्ट्र मन्त्रालयको भएको उल्लेख गरे । पुनले राष्ट्रप्रमुख र सरकार प्रमुखको विदेश भ्रमणका समयमा कसलाई प्रथम महिला मान्ने र कसलाई नमान्ने भन्नेबारे स्पष्ट नीति हुनुपर्ने र परराष्ट्र मन्त्रालयले त्यसमा अग्रसरता देखाउनुपर्ने उल्लेख गरे ।‘श्रीमती नहुँदा सरकार प्रमुख र राष्ट्र प्रमुखले छोरीलाई प्रथम महिलाका रुपमा लाने प्रचलन पहिल्यैदेखिको हो’, उनले भने, ‘यसो गर्न मिल्ने कि नमिल्ने भन्नेबारे स्पष्ट धारणा बनाइएको भए प्रधानमन्त्रीको भ्रमणमा विवाद हुने नै थिएन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group