ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशका नेपाली श्रमिकलाई राहदानी बनाउनै सास्ती


ABC NEWS
६ असार २०८०, बुधबार   ११ : ३५   बजे

काठमाडौं, ६ असार ।

विदेशमा रहेका नेपाली श्रमिकले राहदानी बनाउन निकै सास्ती खेप्नुपरेको छ । मलेसिया, साउदी अरेबियाजस्ता ठूला क्षेत्रफल भएका मुलुकमा नेपाली श्रमिकलाई विद्युतीय राहदानी बनाउन सास्तीसँगै खर्चिलो पनि हुने गुनासो उनीहरुको छ । विभिन्न दूतावासले कार्यालय समय सकिएपछि सेवा दिने गरेकाले श्रमिकले केही राहत पाएका छन् । तर, यो पर्याप्त छैन । नेपालका विभिन्न कूटनीतिक नियोगहरूमा अपर्याप्त कर्मचारी हुने र कर्मचारी भएको स्थानमा समेत राहदानी वितरणमा ढिलाइ हँुदा उनीहरु निकै समस्यामा पर्दै आएका छन् ।

दस वर्ष अगाडि जारी भएका एमआरपीको म्याद सकिने भएकाले विद्युतीय राहदानी बनाउनेको चाप बढ्दै गएको छ । परराष्ट्रका अनुसार एमआरपीको म्याद २०३१ सम्म मान्य हुने अवस्था छ । म्याद भएकाहरुले विद्युतीय राहदानी बनाउन पर्दैन तर म्याद सकिएकाले अनिवार्य बनाउन आवश्यक छ । मलेसियामा ई–पासपोर्ट बनाउन झण्डै महिना दिनको तलब बराबरी खर्च लाग्छ । मलेसियाको राजधानी क्वालालम्पुरबाट झण्डै ३५० किलामिटर टाढा जोहोरबारुको सेनाईस्थित काम गर्ने श्रमिकले ई–पासपोर्टका लागि सास्त्ीसँगै निकै खर्च बेहोर्नुपरेको छ । राहदानीको आवेदन दिन र लिन मात्रै उनले चार दिन खर्चनुपर्ने बाध्यता छ । मलेसियामा करिब १५ सय रिंगेट तलब पाइरहेका श्रमिकले राहदानी बनाउनै मात्र १२, १३ सय रिंगेट अर्थात् करिब ३६ हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ । कम्पनी पनि श्रमिकको यस्ता दुखबारे बेखबर जस्तै छ । एक दिन ड्युटी नगए दुई दिनको तलब काट्ने गरेको गुनासो नेपाली श्रमिकको छ । राजधानीबाट टाढाको दुरीमा रहेका श्रमिकलाई बाटोमा बस भाडा, खाना र समय उत्तिकै खर्च भइरहेको छ ।

क्वालालम्पुरस्थित नेपाली दूतावासले दैनिक तीन सय विद्युतीय राहदानीको फाराम प्रमाणीकरण गरी काठमाडौं पठाउने गर्छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार कोभिडकाल अगाडि नै मलेसिया आइपुगेका झण्डै तीन लाख नेपाली श्रमिकको राहदानीको म्याद समाप्त भइसकेको छ । कतिपय श्रमिकको हातमा राहदानी नै छैन । मलेसियामा सबैभन्दा बढी राजधानी बाहिर रहेको औद्योगिक क्षेत्र सेलेङ्गर, मलाका, जोहोरवारु, पेनाङ र केदाहलगायत ठाउँमा नेपाली श्रमिक छन् । जसकारण केएलसम्म आइपुग्नै पनि धेरै खर्च गर्नुपर्ने अवस्था छ । यही समयको चापलाई ध्यानमा राखी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूतावासमा हेल्प डेस्कको व्यवस्था मिलाई श्रमिकको सहायता गर्न निर्देशन दिएका थिए । तर, यो पनि प्रभावकारी हुन नसक्दा उनीहरुले सास्ती खेप्नुपरेको हो ।

यस्तै साउदी अरेबियाको ताबुकमा राहदानी बनाउनै हजार, १२ सय किलोमिटर पार गरेर जेद्दा पुग्नुपर्ने अवस्था छ । जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार ठूलो क्षेत्र फैलिएकाले श्रमिकलाई राहदानी वितरण असहज भएको छ । साउदी अरबको दोस्रो प्रमुख सहर दमामको अल फैसलियास्थित अल असेम रेस्टहाउस फर फेस्टिभलमा गैरआवासीय नेपाली संघ साउदीको व्यवस्थापनमा जुन ९ र १० मा चलेको दुईदिने शिविरमा ७ सय ९६ जनाले राहदानीको आवेदन दिएका थिए । यसरी शिविर हुदाँ नेपाली श्रमिकको तीन लाख ९८ हजार रियाल अर्थात् १२ करोड रुपैयाँ खर्च हुनबाट जोगियो । साउदीमा रहेकामध्ये झन्डै ४० प्रतिशत श्रमिक दमाम क्षेत्रमा कार्यरत छन् । सरकारले २०७८ मंसिर १ देखि विद्युतीय राहदानी जारी गरेको हो । राहदानी लिन चाहनेले नागरिकता प्रमाणपत्रको सक्कल, सोको प्रतिलिपि वा राष्ट्रिय परिचयपत्रको प्रमाण संलग्न गर्नुपर्ने व्यवस्था छ । विद्युतीय राहदानी जारी गर्नेसम्बन्धी कार्यविधि, २०७८ मा निवेदनका साथै राष्ट्रिय परिचयपत्र वा नम्बर देखिने कागजात अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था छ । खाडी तथा मलेसियामा कार्यरत श्रमिकले राहदानीको आवेदन अगाडि नै राष्ट्रिय परिचयपत्र नम्बर पाउनुपर्छ । राहदानीको आवेदन पेस गर्न नसकेका कारण राहदानी सेवा सहज छैन ।

२०१० को डिसेम्बरबाट एमआरपी कार्यान्वयनमा आएको हो । २०१४ नोभेम्बर २५ बाट सबै हस्तलिखित राहदानी पूर्ण रूपमा एमआरपीमा परिणत भएको थियो । तीन वर्षमा झन्डै २९ लाख १७ हजार एमआरपी जारी भयो । जसअनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म मात्रै ५ लाख ६८ हजार जनाको राहदानीको म्याद सकिँदै छ । आउँदो आर्थिक वर्षमा १० लाख १२ हजार जनाको राहदानीको म्याद समाप्त हुँदै छ । वैदेशिक रोजगारीमा गएकामध्ये खाडी र मलेसियामा मात्रै २० लाख श्रमिकसँग एमआरपी राहदानी छ । विदेशमा नेपाली श्रमिकले राहदानीका लागि यसखाले खेप्नुपरेको सास्ती कम गर्न एवम् ई–पासपोर्ट वितरणमा सहजताका लागि सम्बन्धित पक्षले विशेष पहल गर्न आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu