ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेतृत्वमा रहेकाहरूले गल्ती भएको स्वीकार गर्नु पर्छ : पूर्वमन्त्री पुन


एबीसी न्यूज
६ असार २०८०, बुधबार   २ : ३८   बजे

काठमाडौं ६ असार । नेकपा माओवादी केन्द्रका महासचिव वर्षमान पुनले राजनीतिक र प्रशासनिक नेतृत्वले जनतासँगको संवाद बढाउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बुधबार पुनले जनताको विश्वास जित्न नेतृत्वले संवाद गर्नुपर्ने तथा उनीहरूका प्रश्न र गुनासाको जवाफ दिनुपर्ने उल्लेख गरे।
प्रजातान्त्रिक र खुला समाजको चरित्र नै नेतृत्व जनतासँग संवादमा रहनु भए पनि त्यसो हुन नसक्दा समाजमा भ्रम पैदा भइरहेको उनको भनाइ थियो।
सरकार र सरकारी निकायको उच्च नेतृत्वमा रहेकाहरूले सेवा प्रवाहका क्रममा कुनै समस्या वा सीमितता भए नढाँटी जनतालाई बताउन सक्नुपर्ने जनाए।
‘सरकार र सरकारी निकायको नेतृत्वमा भएकाहरूले जनताका हरेक सवालका जवाफ दिनुपर्छ। समस्या छन् भने बताउन सक्नुपर्छ’, पुनले भने, ‘सरकारी निकायका पनि समस्या र सीमितता हुन्छन्। यो संसारभरकै सरकारका हकमा लागू हुन्छ। सबै कुरा भनेकै समयमा र भनेको जसरी नहुन सक्छ। तर, सरकारी सेवा प्रवाहमा भएका समस्याबारे जनतासँग संवाद गर्नु डेमोक्रेटिक व्यवस्थामा अनिवार्य पक्ष हो।’
काममा ढिलाइ हुँदा वा सेवा प्रवाह प्रभावकारी नहुँदा सेवाग्रामीमा मन्त्री र सचिवले पक्कै पनि चलखेल गरेको हुनुपर्छ भन्ने मनोविज्ञान विकास भएको पुनले उल्लेख गरे।
जनतासँग संवाद नहुँदा कतिपय अवस्थामा नेतृत्वमाथि नखाएको विष पनि लाग्ने गरेको चर्चा उनले गरे।
‘खाएको विष लाग्नु त स्वाभाविक छ, तर कुनै बेला नखाएको विष पनि लाग्ने गरेको छ’, उनले भने, ‘यो राजनीतिक र प्रशासनिक नेतृत्वको कमजोरीका कारणले भएको हो।’
ल्अभिि
जनतामा राजनीतिक नेतृत्व र प्रशासकहरूले आफूहरूलाई जहिले पनि हेपिने गरेको मनोविज्ञान रहेको भन्दै उनले दुई पक्षबीच संवाद हुन नसक्दा यस्तो अवस्था आएको बताए।
‘राजनीतिक र प्रशासनिक नेतृत्वमा रहेकाहरू फरक र सेवाग्राही फरक मानिस हुन् भन्ने व्यवहार बन्द हुनुपर्छ। सेवाग्राही र जनताहरू सधैं हेपिनुपर्छ भन्ने मनोविज्ञान छ’, उनले भने, ‘नेतृत्वमा रहेकाहरूले गल्ती भएको अवस्थामा सरी भन्न सक्नुपर्छ।’
राज्यका निकाय, मन्त्री र सेवा लिन आउने सर्वसाधारण सबै बराबर हुन् भन्ने व्यवहारबाटै स्थापित गर्न राजनीतिक र प्रशासनिक नेतृत्व गम्भीर बन्नुपर्नेमा पुनले जोड दिए।
सेवाग्राहीले प्रश्न गरिरहने र शासनमा बस्नेहरू जवाफ नदिई चुपचाप बस्नाले संस्कृतिका कारण गल्ती नगर्नेहरूले समेत गाली खाने गरेको उनको तर्क छ।
‘यो संस्कृति नबदल्दासम्म असल मानिसले पनि गाली खाइरहन्छ। खराबले त गाली खाने नै भयो’, पुनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group