ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा खुशीले होइन बाध्य भएर मात्रै कृषि गरिरहेका छन् : स्वतन्त्र सांसद प्रभु साह


ABC NEWS
६ असार २०८०, बुधबार   ३ : १६   बजे

काठमाडौँ ६ असार । आमजनता पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य प्रभु साहले शिक्षित र पढेलेखेका मान्छेहरू कृषि पेसामा लाग्नै छाडेको बताएका छन् । उनले सरकारले बजेटमा कृषि क्षेत्र र किसानलाई सम्मान गर्ने कार्यक्रम नल्याएको बताए ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद साहले भने, ‘पहिले–पहिले कृषि पेसामा पैसा भएको मान्छे, पढेलेखेका मान्छेहरू पनि हुन्थे । तर अहिले पढेलेखेको मान्छेले कृषि कर्म गर्नै हुँदैन भनेजस्तो भएको छ । अहिले पढेलेखेका मान्छेहरू कृषिमा छैनन्, पैसा भएका मान्छेहरूको लगानी कृषिमा छैन । कृषि त मजबुरीको पेसा भएको छ । मान्छे बाध्य भएर मात्रै कृषि गरिरहेको छ ।’

उनले ६५ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध भएको देशमा कृषि र किसानलक्षित ठोस कार्यक्रमबिनाको बजेट आउनु दुःखद भएको बताए । उनले प्रश्न गरे, ‘हामीले यदि कृषिमा युवाहरूलाई आकर्षित गर्न नसक्ने हो र किसानलाई सम्मान नगर्ने हो भने के हामीले चाहेको जस्तो नेपाल निर्माण कसरी सम्भव छ रु’

सांसद साहले किसानलाई पेन्सन दिने व्यवस्था गर्नुपर्ने माग गरे । ‘कृषि नै देशको मूल आम्दानीको स्रोत हो । अनि कृषि क्षेत्रमा लगानी भने छैन । किसानले बैंकबाट ऋण पाउँदैन, बिऊ पाउँदैन, मल पाउँदैन, बजार पनि पाउँदैन । नोक्सान हुँदा पनि किसानले त्यो पेसा छाड्न सकेको अवस्था छैन, राज्यले पनि उसलाई सहयोग र सम्मान नदिने हो भने उसले किन कृषि पेसा गरिरहने रु’ उनले भने, ‘सरकारले किसानलाई पेन्सन दिने व्यवस्था गरौँ ।’

उनले देशलाई चुसेर महल ठड्याउनेहरूलाई भन्दा पसिना बगाएर देशको ढुकुटीमा योगदान गर्नेहरूलाई पेन्सन दिनु उपयुक्त हुने बताए । ‘किसान अन्नदाता हो । किसानले हामीलाई पालिरहेको छ । हामी ठूलठूलो पदमा पुगेर देशलाई लुट्नेलाई पेन्सन दिइरहेका छौँ । हामीले अन्नदातालाई पेन्सन दिने हो कि देशलाई चुसेर महल ठड्याउनेलाई पेन्सन दिने हो रु’ सांसद साहले प्रश्न गर्दै भने, ‘हामीले अहिलेको अवस्थालाई ब्रेक गर्न सक्नुपर्छ । नत्र किसानहरू चुप लागेर बसिरहन्छ जस्तो लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group