काठमाडौं ७ असार । काठमाडौंका हलहरुमा भारतीय फिल्म नरोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै बिहीबार अल्पकालीन अन्तरिम आदेश दिएको हो।
‘आदिपुरुष’ फिल्मको विषयलाई लिएर काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले महानगरभित्रका हलहरुमा सबै हिन्दी फिल्महरुलाई प्रतिबन्ध लगाएपछि नेपाल चलचित्र संघले बुधबार रिट दायर गरेका थियो।
तर अदालतको आदेश नमान्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चेतावनी दिएका छन् । अदालतको आदेश आए लगत्तै उनले अदालतले जेसुकै आदेश दिए पनि फिल्मवालाई आदिपुरुषको संवाद नसच्याएसम्म र माफी नमागेसम्म हिन्दी फिल्म चल्न नदिने अडान दोहराएका छन् ।
प्रतिक्रिया दिनुहोस्