ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्घन सरकारसँग सेटिङ गरेका व्यवसायीबाहेक सबै संकटमा छन् : अध्यक्ष ओली


ABC NEWS
१५ असार २०८०, शुक्रबार   ८ : ४६   बजे

चितवन १५ असार । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग सेटिङ गरेका व्यवसायीबाहेक अन्य व्यवसायीहरु संकटमा परेको बताएका छन् ।

असार १५ को राष्ट्रिय धान दिवस मनाउन चितवन आएका एमाले अध्यक्ष ओलीले जिल्लाको युवा उद्यमी मञ्चले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै करका दरहरु हेरफेर गराउन सफल व्यवसायीहरु बाहेक अरु आर्थिक मन्दीको चपेटामा पर्न थालेको बताए ।

अहिलेको आर्थिक संकटपूर्ण अवस्था कहिलेसम्म कायम रहला भनेर युवा उद्यमीहरुले राखेको जिज्ञासामा अध्यक्ष ओलीले अहिलेको सरकारको आर्थिक अनुशासन नभएकाले सरकार रहेसम्म संकट रहिरहने बताए ।

उद्योगी व्यवसायीहरु संकटमा पर्दै जाने तर एमाले टुलुटुलु हेरेर मात्रै बसिरहन नसक्ने भन्दै ओलीले त्यसका लागि पार्टीले जिम्मेवार भूमिका खेल्ने बताए । ‘कोरोनाको महामारीमासमेत हामीले अर्थतन्त्रलाई बचाएका थियौं, संकट आउन दिएका थिएनौं, बैंकमा तरलताको अभाव थिएन, ब्याजदर बढ्न दिएनौं, आपूर्तीमा खास समस्या थिएन, ठूला पूर्वाधारहरुको काम रोकिएन,’ ओलीले भने, ‘तर अहिले न कोरोना छ, केही छैन, किन आर्थिक संकटपूर्ण अवस्था आउन खोज्यो भन्दा सरकारको गलत नीति छ, अनुशासन भएन । अहिलेको सरकारको तस्वीर देखेपछि पुग्छ, यो समस्या कहिले टुंगिएला भनेर ।’

बैंकहरूको गलत नीति र रवैयाले पनि उद्योगीहरुलाई संकटमा परेको भन्दै ओलीले त्यसलाई सच्चाउन जरुरी रहेको बताए । ‘ऋण लिएर कुनै काम गर्न पाएको छैन, ब्याज र किस्ता माग्न सुरु गर्छ, जसले बैंक चलाइदिएको छ, तोकेको ब्याज दिएको छ, उसैलाई दुःख दिएको छ, जुन प्रयोजनका लागि ऋण दिएको हो, त्यसको रिटर्न नभइञ्जेलसम्म त कसरी उसले ब्याज किस्ता तिर्न सक्छ रु’ ओलीले भने, ‘किसान वा उद्यमीलाई धरौटी राख्ने नीति नै ठिक छैन, प्रोजेक्ट हेरेर लोन दिने हो, कम्तीमा पनि लोनको अवधि १०र१२ वर्ष बनाउनुपर्छ ।’

ठूला हाइड्रोपावर, राष्ट्रिय राजमार्ग विस्तार, विभिन्न करिडोर र औद्योगिक क्षेत्र स्थापना, पालिकामा अस्पतालहरु जस्ता महत्वपूर्ण संरचनाहरुको काम आफू सरकारमा हुँदा थालेको दाबी गर्दै ओलीले त्यसपछिका सरकारले कुनै ठोस नयाँ पूर्वाधार विकासमा काम गर्न नसकेको आरोप लगाए ।

रोजगारी दिने ठाउँ भनेको सरकारी जागिर जस्तो मात्रै भएको भन्दै ओलीले लाखौंलाई देश भित्र नै रोजगारी सिर्जना गर्नका लागि उद्योगहरु खोल्नुपर्ने र राज्यले त्यसमा सहजीकरण गर्नेपर्ने धारणा राखे । युवा उद्यमीहरुलाई कानुनी रुपमा परेका समस्याहरु लिखित रुपमा दिन आह्वान गर्दै ओलीले त्यसका लागि आफूले जतिसुकै बेला पनि साथ दिन र सहयोग गर्न तयार भएको बताए ।

युवाहरुको पलायन खतरनाक कुरा भएकाले ब्रेन ड्रेन र मसल ड्रेनलाई रोक्नुपर्ने उनको धारणा छ । उब्जनी हुने खेतबारी बाँझै राखेर युवाहरू खाडी लगायतका देशमा पलायन हुनुमा केही न केही कमजोरी भएको उनको भनाइ छ ।

जनतालाईसमेत सचेत बनाउन नसकिएको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘जनताले पनि काम गरेको देखेन, इतिहास देखेन, हाँहुँका पछाडि कुद्यो, कहिलेकाहीँ इतिहासमा यस्ता समस्या आउँछन्, यस्तोमा तर्क विवेकले काम गर्दैन, एकछिन कुद्नका लागि काम गर्छ, सेन्टिमेटले देश बन्दैन । जबसम्म आम रूपमा रियलाइज गर्दैनौं तबसम्म काम लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group