ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्रीको विषयलाई लिएर माओवादी केन्द्रमा विवाद


admin
२० माघ २०७४, शनिबार   ५ : १०   बजे


काठमाडौं, २० माघ । नेकपा एमालेले निर्वाचनबाट मुख्यमन्त्री छनौटको तयारी गरिरहदा माओवादी केन्द्रमा भने प्रदेश नम्बर ७ को मुख्यमन्त्रीको विषयलाई लिएर विवाद सुरु भएको छ।

प्रदेश इञ्चार्जले छलफल नै नगरी एकलौटी ढंगले सिफारिस गरेको भन्दै असन्तुष्ट पक्षले त्यसको विरोध गरेका छन्।

माओवादीको प्रदेश कार्यालय डोटीले प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका लागि शुक्रबार प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टको नाम सिफारिस गरेको थियो।

तर प्रदेश इञ्चार्ज लेखराज भट्ट र सह इञ्चार्ज लक्ष्मणदत्त जोशीले प्रदेश कमिटीमा छलफल नै नगरी मुख्यमन्त्रीमा नाम सिफारिस गरेको भन्दै असन्तुष्ट सांसदहरुले त्यसको विरुद्धमा उम्मेदवार उठाउने तयारी गरेका छन्।

मुख्यमन्त्रीका आकांक्षी वीरमान थारुले नेतृत्वले निर्णय नसच्याए प्रदेशको सिफारिस विरुद्ध उम्मेदवार खडा गर्ने बताए।

थारु बहुल प्रदेश मानिएको प्रदेश नम्बर ७ मा माओवादी केन्द्रले वाम गठबन्धनको सहमति अनुसार मुख्यमन्त्री र उपसभामुख पद पाएको छ।

त्यस्तै, प्रदेश नम्बर ६ मा पनि माओवादी केन्द्रले प्रादेशिक सरकारको नेतृत्व गर्नेछ। प्रदेश नम्बर ६ को मुख्यमन्त्रीको सिफारिस चाँडै निर्णय गरिने प्रदेश इञ्चार्ज शक्तिबहादुर बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu