ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक किनारामा विरुवा रोप्दै काठमाडौं महानगरपालिका (भिडियो)


एबीसी न्यूज
२० असार २०८०, बुधबार   ९ : ०४   बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाले हरियाली प्रबद्र्धन कार्यक्रम अन्तर्गत सडक किनारामा गमलामा विरुवा रोप्ने अभियान चलाएको छ । सहरी हरियालीका लागि १ लाख वटा विरुवा रोप्ने अभियानअन्तर्गत सडक किनारमा गमलामा विरुवा रोपेको हो । साथै महानगरले यहि असार महिनाभर ९० हजार विरुवा रोप्ने लक्ष्य लिएको छ । जेठ ६ गते करिब ५ सय बिरुवा रोपेर हरियाली अभियान शुरू गरेको महानगरले हालसम्म सडक किनार, खाली क्षेत्र र पार्कमा वृक्षरोपण गरेको छ । महानगरका ३५ वटै वडामध्ये अन्य वडाले सडक पेटीमा खनेर विरुवा रोपेको छ भने २८ नम्बर वडाले भने गमलामा विरुवा रोपेको छ । फुटपाथमा विभिन्न प्रजातीको विरुवाका साथै फूलका विरुवाहरु रोपेसँगै सडक आर्कषक देखिएको छ ।

काठमाडौं महानगरपालिकाले हरियाली प्रबद्र्धन कार्यक्रमअन्तर्गत सडक किनारामा गमलामा विरुवा रोप्ने अभियान चलाएको छ । सहरी हरियालीका लागि १ लाख वटा विरुवा रोप्ने अभियानअन्तर्गत सडक किनारमा गमलामा विरुवा रोपेको हो । साथै महानगरले यहि असार महिनाभर ९० हजार विरुवा रोप्ने लक्ष्य लिएको छ । जेठ ६ गते करिब ५ सय बिरुवा रोपेर हरियाली अभियान शुरू गरेको महानगरले हालसम्म सडक किनार, खाली क्षेत्र र पार्कमा वृक्षरोपण गरेको छ । महानगरका ३५ वटै वडामध्ये अन्य वडाले सडक पेटीमा खनेर विरुवा रोपेको छ भने २८ नम्बर वडाले भने गमलामा विरुवा रोपेको छ । पुतलीसडक, बागबजार, भृकुटीमण्डप, राष्ट्रिय सभा गृहको फुटपाथमा विभिन्न प्रजातीको विरुवा रोपेको छ । सडक किनारको दायाँबायाँ १ सय ५५ बढी गमलामा कपुर, धुपी र समीका विरुवाका साथै फूलका विरुवाहरु समेत लगाएको छ । एक लाख विरुवा रोप्ने अभियानको थालनी गर्दै यसअघि काटेश्वर जडीबुटी सडक खण्डमा १ सय २० वटा कपुरका विरुवा रोपिएका थिए । जेठबाट ‘हरियाली महानगर’ शुुरू गरेको महानगरले दैनिक ३ सय विरुवा रोप्ने भएको छ । कोटेश्वरदेखि तीनकुने पेट्रोलपम्प, त्रिपुरेश्वरदेखि कालीमाटी, शंखधर पार्क र रत्नपार्क, खुलामञ्चलगायतका क्षेत्रका सडक किनार र खाली क्षेत्रमा वृक्षरोपण गरिसकेको छ । यसअघि कामपाले ३५ वटै वडालाई वृक्षरोपण गर्नका लागि खुलाक्षेत्र, पार्क र बगैंचा पहिचान गर्न पत्राचार गरेको थियो । वडा कार्यालयले गरेको सिफारिसको आधारमा कामपाको टोलीले वृक्षरोपण गरिरहेको छ ।

फुटपाथमा विभिन्न प्रजातीको विरुवाका साथै फूलका विरुवाहरु रोपेसँगै सडक आर्कषक देखिएको छ । पैदलयात्रुहरुले पनि काठमाडौंको स्वरुप र सौन्दर्यता बढेको भन्दै खुशी व्यक्त गरेका छन् । पुष्पविज्ञ र वैज्ञानिकले सिफारिस गरेको वृक्षरोपण भइरहेको छ । विज्ञले उपत्यकामा धुपी, समी, कपुर, काब्रो, लप्सी, सिमल, पैयुँ, लेक पाङ्ग्रा, सिरिङ्गे, मिकुसी स्वाँ, कोइराला, तेजपत्ता, स्वामी, पिपलजस्ता बिरुवा सिफारिस गरेका थिए । यी बिरुवा स्थानीय हावापानीमा सजिलै हुर्कने तथा नेपाली जनजीवनसँग परिचित हुनुको साथै जैविक र वानस्पतिक विविधताको संरक्षणमा सघाउ पुग्ने विज्ञहरूले बताएका छन् । शहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउन वृक्षरोपण शुरू गरिएको मेयर बालेन्द्र साहको भनाइ थियो ।

उनले चराचुरुङ्गी तथा अन्य जीव जनावरलाई खाना र बास उपलब्ध गराउने सक्ने क्षमता भएका स्थानीय जातका बोट विरुवालाई जोगाउने योजनाअनुरूप रैथाने र प्राकृतिक रूपमा उम्रने बोट बिरुवा रोपण कार्यलाई पहिलो प्राथमिकतामा राखिने बताए । वर्षा याममा बिरुवा सार्न र बचाउन सकिने भएकोले यही मौसममा धेरै बिरुवा रोप्ने कामपाको योजना छ । यससँगै ट्राफिक आइल्यान्डहरूमा मौसमी पूmलहरू रोपिने, हाल रोपिएका बिरुवाको वडा र महानगरको वातावरण व्यवस्थापन र हरियाली प्रबद्र्धन विभागले संरक्षण गर्ने बताइएको छ । यसअघि कामपाले ‘हरित विद्यालय’ अभियान शुरू गरेको थियो । महानगरका अनुसार साउन लागेपछि विभिन्न प्रकारका मौसमी फूलका विरुवा रोप्ने कार्यक्रम छ । यी बिरुवा स्थानीय हावापानीमा सजिलै हुर्कने तथा नेपाली जनजीवनसँग परिचित हुनुको साथै जैविक र वानस्पतिक विविधताको संरक्षणमा सघाउ पुग्ने विज्ञहरूले बताएका छन् । शहरको पानी, माटो, हावा, तापक्रम व्यवस्थापन र शहरको सौन्दर्यताका लागि काठमाडौं महानगरले सुरु गरेको वृक्षरोपण कार्यक्रम निकै आकर्षक र स्वागत योग्य छ । यसले दीगो रुपमा निरन्तरता पाओस् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu