ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेलिकम तथा विद्युत् प्राधिकरणको गैरजिम्मेवारीका कारण एउटा निर्दोष युवाले ज्यान गयो (भिडियो)


एबीसी न्यूज
२१ असार २०८०, बिहिबार   १० : ०७   बजे

काठमाडौं । संघिय राजधानी काठमाडौंका प्रत्येक गल्लीका पोलहरुमा लत्रिएका तारहरु हेर्दा लाग्छ यो काठमाण्डु होइन तारमाण्डु हो । साँघुरा सडक अनि अब्यवस्थित तारहरुको लप्कोले बेरिएका पोलहरु देख्दा सभ्य शहर, स्मार्ट सिटि र ग्रिनरी भन्ने शब्दहरुले पनि सायद लाजले मुख छोपेका होलान । यहि अब्यवस्था र भद्रगोल भित्रको जालमा अनेकन पीडाहरु लुकेका छन् ।

बत्ती, केबल, नेट र टेलिफोनका तार एउटै पोलमा जोडिदा यसबाट पर्ने भौतिक क्षतिको आँकलन सायदै गरिएको होला । सानो शहरमा गणितिय अनुपातमा बढेको जनसँङख्या र यसले पछ्ययाएको प्रवीधि प्रतिको रुचीले पनि शहरमा थप जोखिम बढाएको छ । नया नया प्रविधिको प्रयोग गर्नेको संख्या पनि बिस्तारै उकालो लाग्दै गएको छ । एउटै खम्बामा हजारौं तार जोडेर खर्च कटौटी गर्ने कामले कयौ समस्या सिर्जना भएको छ । तारको भार थेग्न नसकेर कति खम्बा ढल्केका छन् । फलामका तार खिया लागेर चुडिन मात्र बाँकी छ । तैपनि टेलिकम, विद्युत् प्राधिकरण, सडक विभाग र महानगर खम्बा फेर्नेमा भन्दा पनि यसबाट सिर्जित तमासा हेर्नेमा बढि केन्द्रित भएको देखिन्छ । यस्तै एउटा मुटु चिसो हुने घटना भएको छ काठमाडौको बासबारिमा । प्राधिकरणको लापरवाही र टेलिकमको गैर जिम्मेवारीपनका कारण सुविधा उपलब्ध गराउने भनेर टाँगिएका तारहरुबाट निर्मित दुविधाले ३० वर्षीय सञ्जिव जिसीको ज्यान गएको छ ।

यहि असार ४ गते महाराजगन्ज निवासी सञ्जिव जिसीको घरमै करेन्ट लागेर मुत्यु भयो । कम्प्युटर सम्बन्धी प्राविधिक तालिम सकेर भर्खरै व्यावसायिक जीवन सुरु गरेका उनको सरकारका तालुक निकायको लापरबाहीका कारण ज्यान गएको हो । सञ्जिवको ज्यान त गयो नै संगसंगै उनका बाबु–आमा र उनीसँग आश्रित परिवारको दरिलो साथ पनि गुम्न पुग्यो । एउटा लक्का जवान छोराको अल्पायुमै ज्यान जानु कतिको पीडादायी हुन्छ, त्यो आमा–बाबु र परिवारका सदस्यलाई मात्र थाहा हुन्छ । उक्त घटना प्राधिकरणकै त्रुटिले भएको हो वा टेलिकमको फाइवर नेटका कारण भएको हो यो विषयमा गम्भिर रुपमा छानविन गरिनुपर्छ । दुर्घटनाका कारण जन वा धनको क्षति कति र के–के कारणले हुन्छ भन्ने विद्युत प्राधिकरण र नेपाल प्रहरीसँग एकीकृत सूचना छैन ।

तर, प्राधिकरणसँग एकीकृत तथ्याङक नभए पनि पछिल्ला वर्षहरुमा विद्युतीय दुर्घटनाहरु बढेको तथ्यहरूले पुष्टि गर्छन् । एकातिर यस्ता घटनालाई नियतिको रुपमा स्वीकार गर्नाले दुर्घटनाबाट ठूलो जनधनको क्षति भइरहेको छ भने अर्कातिर अकालमा ज्यान गुम्नाले उसमाथि आश्रित परिवारका सदस्यको गुजाराका लागि समस्या पर्ने गरेको छ । पछिल्ला वर्षहरुमा विद्युतीय दुर्घटनाबाट मानवीय क्षति बढिरहेको छ । नेपालमा हुने गरेका दुर्घटनामा अव्यवस्थित वितरण प्रणालीलाई प्रमुख कारण मान्न सकिन्छ । प्रधिकरणले शहरीकरण वृद्धिसँगै अव्यवस्थित वितरण प्रणालीलाई सुधार गर्न सकिएको छैन । सेता र नाङगा तार यत्रतत्र देखिन्छन् । भने महाराजगन्ज नेपाल टेलिकम तथा विद्युत् प्राधिकरणको समन्वय अभाव र गैरजिम्मेवारीका कारण एउटा निर्दोष युवाले ज्यान गुमाउनु परेको छ । संजिवको मृत्यु हुनु अगाडिदेखि नै उनका बुवा हरि जिसीले निरन्तर टेलिकम तथा प्राधिकरणमा यसबारे गुनासो लेखाए थिए तर, उनिहरुले वेवास्त गर्दा संजिवको अकालमै ज्यान गयो । जिसी परिवारको निरन्तरको गुनासोपछि पनि समस्या समाधान भएन र टेलिकमको फाइबर नेटको तारबाट प्रवाहित करेन्ट लागेर सञ्जिवको मृत्यु भयो । जिसी परिवारले करिब २ वर्षअघि घरमा टेलिकमको फाइबर नेट जडान गरेका थिए । टेलिकमका प्राविधिकले फाइबर नेटको तार प्राधिकरणको तारसँगै राखेर घरभित्र नेट जडान गरिदिएको थियो । त्यही बेला नै हरि जिसीले दुवै तार सँगसँगै लैजाँदा समस्या उत्पन्न हुने होकी भनेर जिज्ञासा राख्दा टेलिकमका प्राविधिकले केही समस्या नहुने भन्दै नेट जडान गरिदिएको जिसी बताउँछन् ।

‘नेट जडान भयो, राम्रैसँग चलेको थियो, तर केही समय पहिलेदेखि सयम–समयमा तारहरूबाट आवाज आएको जस्तो लाग्थ्यो, एमसिबी बन्द गर्दा बन्द हुन्थ्यो, यसको बारेमा प्राधिकरण र टेलिकम दुवैमा गुनासो गर्दापनि केही हुँदैन भन्ने प्रतिक्रिया आएको जिसि बताउँछन् । असार ४ गते बिहान पनि त्यसैगरी आवाज आएको र अरुबेला जस्तै एमसिबी बन्द गर्दा आवाज रोकिएको जिसिको भनाइ छ । त्यो बेला पनि टेलिकममा खबर गरेको उनि बताउँछन् । तर, उनीहरूले फाइबरको तार १२ भोल्टको हो करेन्ट लाग्दैन भनेपछि प्राधिकरणको बसुन्धरा शाखको नोलाईटमा फोन गरेको र फोन नउठ्ने समस्या भएपछि आफु निरास भएको पीडित बताउँछन् । तर, केही समयपछि फेरी त्यस्तै गरि आवाज आएपछि छोरो र आँफु दुवैजना नेटको तार नजिकै गएको र झट्ट करेन्ट लागेको महसुस भएको भएको मृतकका पीता हरि जिसि बताउँछन् । करेन्ट लागेपछि दुवैजना बेहोस भएको र्र होस आउँदा छोरो अचेत अवस्थामा रहेको जिसिको भनाइ छ । त्यसपछि नजिकैको टिचिङ अस्पतालमा पु¥याउ“दा चिकित्सकले मृत घोषणा गरेको हरि जिसि बताउँछन् । अस्पतालले रिपोर्टमा हाइ भोल्टेज करेन्टका कारण सञ्जिवको मृत्यु भएको पृष्टि गरेको छ तर, प्राधिकरण र टेलिकम दुवैले वास्ता नगरेको मृतकका बुवा हरि जिसी बताउँछन् । टेलिकमको वेवास्ताले सञ्जिवको ज्यान गएको हरि जिसिको भनाइ छ । प्राधिकरण र टेलिकम दुवैले आफ्नो गल्ती नभएको भनेपछि प्रहरी चौकी, चक्रपथमा किटानी जाहेर गरेको उनि बताउँछन् ।

अधिकाँस दुर्घटना विद्युत कार्यालयकै कारण भएको देखिएको छ । नेटको तार व्यवस्थापन गर्न पटक–पटक आग्रह गर्दा पनि नेपाल टेलिकमले सुनुवाई नगर्दा सञ्जिव जिसिको ज्यान गएको हो । करेन्ट लागेर धेरैको अकालमा ज्यान जाने गरेको भए पनि विद्युत कार्यालयको लापरवाहि भने अहिले पनि ज्यूका त्यू रहेकोे मृतकका आफ्न्त तिलक जिसी बताउँछन् । पछिल्लो समय प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेर मानिसको मृत्यु हुने संख्या बढिरहेको छ । यसबारे सम्वन्धीत पक्षले तत्काल ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group