ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पञ्चेश्वरको डीपीआर तीन महिनाभित्र


एबीसी न्यूज
२३ असार २०८०, शनिबार   ८ : ५४   बजे

पोखरा — बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई तीन महिनाभित्र अन्तिम रूप दिन नेपाल–भारतबीच सहमति भएको छ । पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समिति ९गभर्निङ बडी० को पोखरामा शुक्रबार सम्पन्न आठौं बैठकमा आयोजनाका काम अघि बढाउने सहमति भएको हो । नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतको जलशक्ति मन्त्रालयका सचिव पंकज कुमारले सहमतिपत्रमा हस्ताक्षर गरे ।प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको भारत भ्रमणको अवसरमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको तीन महिनाभित्र डीपीआर टुंगो लगाउने दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको थियो । उक्त सहमतिलाई यथाशीघ्र कार्यान्वयन गर्न दुई देशका सचिवको सह–अध्यक्षतामा बसेको बैठकले तीन बुँदे सहमति गरेको हो ।आयोजनाको डीपीआरलाई तीन महिनाभित्र अन्तिम रूप दिन एवं उक्त प्रतिवेदनको कार्यान्वयनमा सघाउ पुर्‍याउन दुवै देशको सरकारद्वारा गठित विज्ञ समूह (टिम अफ एक्सपर्ट्स÷अफिसियल) को म्याद ६ महिना थप गर्ने समेत सहमति भएको छ ।

सहमतिबमोजिम विज्ञ समूहको चौथौ बैठक आगामी १० दिनभित्र हुनेछ । पञ्चेश्वर विकास प्राधिकरणका दुवै देशका कार्यकारी समितिका सदस्यलाई प्राधिकरणको प्रमुख कार्यालय महेन्द्रनगरमा एक महिनाभित्र खटाउने सहमति भएको छ । सचिव घिमिरेका अनुसार विज्ञ टोलीको म्याद सकिइसकेको भए पनि ६ महिनाको कार्यादेश दिएर तीन महिनाभित्र डीपीआर टुंगो लगाउने गरी सहमति भएको हो ।

यसअघि नेपाल र भारतबाट १५र१५ जनाको विज्ञ टोली थियो । अब भने १०र१० जना रहने छन् । उक्त सहमतिसँगै लामो समयदेखि रोकिएको पञ्चेश्वर आयोजनाको काम अब क्रमिक रूपमा सुरु भएको सचिव घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group