काठमाडौं, २१ माघ । युरोप लगायतका विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगिगनेै ५ जनालाई प्रहरीले पक्रिएको छ ।
काठमाडौंको गल्कोपाखा बस्ने गुल्मीको मुसीकोट नगरपालिका–१ का नारायण घिमिरे, रुपन्देहीको कालिकानगर नगरपालिका–१३ का झपेन्द्र थापामगर, गौरीघाट बस्ने अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अर्जुन अर्याल, गल्कोपाखा बस्ने भारतको सहजपुरका संदीप सिंह र भारतकै सिलगुढीका रोनाल्ड गहतराजलाई पक्राउ गरेको प्रहरी बताएको छ ।
काठमाडौंको ठमेलमा रहेका होटल इन्काउन्टरबाट महानगरीय अपराध महाशाखाको टोली उनिहरुलाई पक्रिएको हो ।
उनीहरुका साथबाट प्रहरीले नेपाली राहदानी १९ वटा, बंगलादेशी राहदानी २५ वटा, भारतीय राहदानी एउटा र विभिन्न व्यक्तिका पुलिस रिपोर्ट बरामद गरेको छ ।
उनीहरुमध्ये रोनाल्ड गहतराजले दिल्लीमा ग्लोबल ट्रेनिङ कन्सल्टेन्सी तथा नारायण घिमिरेले पुतलीसडकमा निकिता ग्लोबल कन्सल्टेन्सी सञ्चालन गरेर ठगि गरिरहेको पाइएको छ ।
प्रहरीले कारवाहीका लागि लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्