ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौतारी अध्यक्ष बस्नेतले आमामको नाममा पत्रकारिता पुरस्कार स्थापना गरे


ABC NEWS
२२ माघ २०७४, सोमबार   ६ : ०८   बजे

काठमाडौं २१ माघ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र उनका दाजु पत्रकार खडगबहादुर बस्नेतले आफ्नो स्वर्गीय हजुरआमा पदमलक्ष्मी बस्नेत र आमा सावित्री बस्नेतको नाममा पत्रकारिता पुरस्कार स्थापनाको गरेका छन । प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसरमा बस्नेत दाजुभाईले ११ हजार १ सय ११ रुपैया रासीको ‘पदमलक्ष्मी सावित्री बस्नेत पत्रकारिता पुरस्कार’ घोषणा गरेका हुन् ।

जन्मदिने आमा र कर्म दिने अजुर आमाको नाममा स्थापित सो पुरस्कार प्रेस चौतारी नेपालको तर्फबाट हरेक बर्ष दिने र सो पुरस्कार रासी आफूहरुले बेहोर्ने अध्यक्ष बस्नेतले घोषणा गरे । दुधे अवस्थामै आमा गुमाएका बस्नेत दाजुभाईले हजुर आमा र आमाको सम्मानमा पुरस्कार स्थापना गरेको बताए ।

प्रेस चौतारीले यसअघि नै हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार, अग्निशिखा पत्रकारिता पुरसकार, बीरेन्द्रकुमार साह त्रियाशल युवा पत्रकारिता पुरसकार र डेकेन्द्र थापा पत्रकारिता पुरस्कार स्थापना गरी प्रत्येक बर्षप्रदान गर्दै आएको छ । पछिल्लो पुरस्कारसंगै चौतारीका तर्फबाट यो पांचौ पुरस्कार भएको छ ।

छ पत्रकार पुरस्कार प्रदान

प्रेस चौतारी नेपालको २०औँ स्थापना दिवसका अवसरमा आज विभिन्न पुरस्कार वितरण गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा एमाले उपाध्यक्ष गौतमले ती पुरस्कार वितरण गर्नुभएको हो । ‘हृदयचन्द्रसिंह पत्रकारिता पुरस्कार’ कृष्णमुरारी भण्डारी र ‘अग्निशिखा पत्रकारिता पुरस्कार’ रघु मैनालीलाई प्रदान गरिएको छ । दुवैको राशि रु १५ हजार रहेको छ ।

त्यसैगरी ‘डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार’ धनकुटाका सिद्धराज राई र नेपालगञ्जका जनक नेपाललाई प्रदान गरिएको छ ।यस्तै ‘वीरेन्द्रकुमार साह क्रियाशील पुरस्कार’ दोलखाका मन्दिरा थापा र पर्साका भूषण यादवलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु पाँच हजार रहेको छ । पुरस्कृतलाई उपाध्यक्ष गौतमले प्रशंसापत्र र दोसल्ला ओढाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group