ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूपू सैनिक सम्मेलनः एकसय तीन वर्षका भूपू सैनिकसम्म सहभागी


admin
२२ माघ २०७४, सोमबार   ८ : १६   बजे

चितवन, २१ माघ । नेपाली सेनाले भूपू सैनिक सम्मेलन एवं स्वास्थ्य शिविर आयोजना गरेको छ । 

नेपाली सेना सैनिक कल्याणकारी बोर्डको आयोजनामा श्री मध्य पृतना हेटक्वाटर चितवनमा आयोजित सम्मेलनको प्रधान सेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रधानसेनापति क्षत्रीले नेपाली सेनाले देशको सार्वभौमक्ता, भौगोलिक अखण्डता, स्वाधीनताको रक्षा गर्दै आएको र सदैव रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सरकारले दिएको सबै खालका जिम्मेवारीले नेपाली सेनाले पूरा गर्दै आएको र संस्थाको छविलाई थप उचाइमा प¥याउन सेनाको भूमिका निरन्तर रहेको उल्लेख गर्नुभयो ।

प्रधानसेनापति क्षत्रीले नेपालको संविधानअनुसार प्रादेशिक नेपाली सेनाको संरचना तयार गरी जिम्मेवारी पूरा गरिरहेको र तीनै तहको निर्वाचन स्वतन्त्र र निष्पक्षरुपमा सफलतापूर्वक सम्पन्न गर्न पाउँदा गौरवान्वित अनुभूति गरेको बताउनुभयो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन नेपाली सेना सफल भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सरकारले उत्तरी नाका र जिल्ला सदरमुकाम जोड्ने र काठमाडौँ–तराई निर्माण दू्रतमार्ग निर्माणजस्तो राष्ट्रिय गौरवको काम सुम्पेको छ, यसलाई चुनौती र अवसर दुवैका रुपमा लिएका छौँ ।”

नेपाली सेना सैनिक कल्याणकारी बोर्डका कार्यकारी अधिकृत तथा अवकाश प्राप्त रथी चित्रबहादुर गुरुङले भूपू सैनिको आर्थिक उन्नति र समृद्धिका साथै भूपू र बहालवाला सैनिकबीच सुमधुर सम्बन्ध बनाउन सम्मेलन जरुरी रहेको बताउनुभयो ।

अवकाशप्राप्त पूर्वरथी बालानन्द शर्माले कल्याणकारी कोषबाट भूपू सैनिकको सामाजिक जीवन उकास्ने हुँदा लघुउद्यम कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
‘आर्थिक प्रगति, समुनति र सर्वोपरि हितका लागि काम गरौँ’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनको मुख्य उद्देश्य भूपू सैनिकको जीवनमा सैनिक कल्याणकारी कार्यबाट थप ऊर्जा ल्याउन, आपसमा भेटघाट गर्नु, अनुभव सुन्नु र प्रेरणाले अघि बढ्नु रहेको थियो ।

नेपाली सेनाले विश्व शान्तिका स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको छ । संयुक्त राष्ट्रसंघीय मिसनमा नेपाली सेना सहभागी आएर आएको रकमबाटै सैनिक कल्याणकारी कोषको स्थापना भएको हो ।

विसं २०३२ मा रु एक करोड २४ लाख एक हजारबाट कोषको औपचारिकरुपमा स्थापना गरिएको हो । २०७४ पुस मसान्तसम्म कोषमा कूल रु ४२ अर्ब तीन करोड ३८ लाख ६९ हजार रहेको छ ।

१०३ वर्षे भूपू सैनिक अभिनन्दित 

नेपाली सेनाले चितवनमा आयोजना गरेको भूपू सैनिक सम्मेलनमा १०३ वर्षका ज्येष्ठ भूपू सैनिकलाई गणेशबहादुर अधिकारीलाई प्रधानसेनापति क्षत्रीले दोसल्ला र प्रमाणपत्रबाट अभिनन्दन गर्नुभयो ।

भूपू सैनिक अधिकारीले आफ्नो जीवनको महत्वपूर्ण कालखण्ड सैनिकमा बिताएको र त्यो कार्यको सम्मानस्वरुप आफूलाई अभिनन्दन गरेकामा खुशी व्यक्त गर्नुभयो । भूपू सैनिकमध्ये अहिलेसम्मकै ज्येष्ठ अधिकारी नै हुनुहुन्छ ।

लघुउद्यम गर्नेलाई कोषबाट कर्जा 

सम्मेलनमा प्रधानसेनापति क्षत्रीले लघुउद्यम गर्ने भूपू र बहालवाला सैनिकलाई रु एकदेखि सात लाखसम्मको चेक हस्तान्तरण गर्नुभयो । लघुउद्यम गर्नेमा भूपू सैनिक पाँच, बहालवाला सैनिक पाँच र उत्कृष्ट व्यवसाय गरिरहेका पाँच जनालाई सो चेक हस्तान्तरण गरिएको हो । सो अवसरमा लघुउद्यम सञ्चालन गरेर राम्रो गर्नेलाई सम्मानसमेत गरिएको थियो । नेपाली सेना सैनिक कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बंैकको समझदारीमा लघुउद्यम कार्यक्रम सञ्चालनमा आएको छ ।

‘अस्पताल चाहियो’ 

नेपाली सेनाले चितवनमा आयोजना गरेको भूपू सैनिक सम्मेलनमा भाग लिन आएका भूपू सैनिक र सैनिक परिवारले प्रधानसेनापति क्षत्रीसँग प्रत्यक्ष भेटवार्ता गरी काठमाडौँ उपचार गर्न टाढा भएकाले चितवनमा सैनिक अस्पताल बनाउन माग गरेका थिए ।

प्रधानसेनापति क्षत्रीले सैनिकको चाहना र आवश्यकताअनुसार औषधोपचारलाई विकेन्द्रीकरण गरेर लैजाने उद्देश्यका साथ प्रदेश नं ५ को नेपालगञ्जमा क्षेत्रीय सैनिक अस्पताल निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको सुनाउनुभयो । साथै प्रदेश नं १ को इटहरी, प्रदेश नं ४ को पोखरामा पनि क्षेत्रीय अस्पताल निर्माण गर्ने कार्य भइरहेको र आवश्यकता परेमा यहाँ पनि सैनिक अस्पताल निर्माण गर्न सकिने सुनाउनुभयो ।

सम्मेलनमा तीन हजार ७२३ भूपू सैनिक र बहालवाला गरी चार हजार सहभागी भएका थिए । सम्मेलनका अवसर पारेर यही माघ १८ गतेदेखि सञ्चालन गरिएको स्वास्थ्य शिविरमा एक हजार ९५४ बिरामीले उपचार गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group