ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवदह सरनबारी पुल निर्माण अन्तिम चरणमा


एबीसी न्यूज
५ श्रावण २०८०, शुक्रबार   १० : २२   बजे

असार ५, रुपन्देही । बजार आउँदा सधैँ खोलामा लुगा भिजाउदै जानु पर्ने बाध्यता खोलामा पानीको बहाव बढ्नेबित्तिकै सरन गाऊ जाने बाटो अवरुद्ध, आकस्मिक सेवा लिनुपर्ने प्रकारका बिरामीलाई एम्बुलेन्स जाने वैकल्पिक बाटो नहुनु, यी सब समस्या झेली रहेका सरनबारीका खड्गबहादुर सिञ्जाली मगरको मनमा सधै पिरलो हुने गर्थ्यो । मगर मात्र हैन सरनबासिको पहिलो आवश्यकता र प्राथमिकता थियो पुल ।

अहिले सरनबारीका स्थानीयलाई राहत मिलेको छ । रूपन्देहीको देवदह ७ शितलनगर देखि वडा नम्बर ६ सरनबारी जोड्ने घोडाहा खोलामा निर्माण भैरहेको झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगे पछि उनीहरूमा केही खुसी छाएको छ ।

करिब १ करोड बढी लागतमा निर्माण सुरु भएको झोलुङ्गे पुलको काम ९५ प्रतिशत सकिएको र यही महिना भित्रै सञ्चालनमा आउने स्मृति सामुदायिक वनका अध्यक्ष भरत कुमार गुरुङले जानकारी दिए। उनले भने ‘स्मृति सामुदायिक वनका समिति सबै पुल निर्माणमा लागि परेका छौ, अब लगभग काम सकिएको छ साउनको महिना भित्र पुलबाट वारिपारि गर्न पाइनेछ’। गुरुङका अनुसार झोलुंगे पुल निर्माण सम्पन्न भए सँगै स्मृति सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरिरहेको प्रस्तरकला सहितको स्मृति वन वाटिकामा पर्यटकको संख्या बढ्ने र आन्तरिक पर्यटन प्रबर्द्धन हुने विश्वास गरिएको छ।

झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछी स्थानीयलाई आवतजावतमा सहज हुने र सरनाबारीमा उत्पादित तरकारी लगायत बस्तुलाई बजार सम्म ल्याउन सहज हुने सरनबारीका स्थानीयले बताए ।

झोलुङ्गे पुल निर्माणको काम लगभग सकिएको र पक्की पुल समेत निर्माणको अन्तिम चरणमा रहेकोले निर्माण पश्चात पाल्पाको माथागढी गाउँपालिका सँग सिमाना जोडिएको सरनबारी गाउँ पर्यटकीय क्षेत्र समेत भएकोले पर्यटन प्रवर्दन र सर्वसाधारणको जीवनस्तर स्तरोन्नति हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group