ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नापतौलमा अनियमितता गर्ने व्यावासायिक प्रतिष्ठान कारबाहीमा


एबीसी न्यूज
१० श्रावण २०८०, बुधबार   १ : ३७   बजे
काठमाडौं, १० साउन । नापतौलयन्त्रको  तोकिएको समयमा  नवीकरण नगराउने  र  तौलमा ठगी गर्ने एक हजार चार सय ३६ औद्योगिक  तथा व्यावसायिक प्रतिष्ठानलाई जरिवानासहित कारबाही गरिएको वीरगन्जस्थित गुणस्तर तथा  नापतौल कार्यालयले जनाएको छ ।
उक्त कारबाहीमा ठूला आद्यौगिक र व्यावसायिक प्रतिष्ठानदेखि साना  व्यवसायीसमेत परेका  छन् । वारा, पर्सा,  रौतहट, मकवानपुर तथा चितवन  कार्यक्षेत्र रहेको सो कार्यालयले  आव२०७९÷८० मा गरेको विशेष अनुगमन तथा  नियमित  नापतौल जाँचको क्रममा  अनियमितता गर्ने ब्यावसायिक संस्था तथा व्यक्तिलाई  कारबाही गरेकोे निमित्त कार्यालय प्रमुख सञ्जीवकुमार ठाकुरले जानकारी दिनुभयो ।
सो कार्यालयले उक्त अवधिमा एक हजार तीन सय २४ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको नापतौल यन्त्रको जाँच  र नवीकरण गरेको थियो ।
कार्यालयबाट प्राप्त विवरणअनुसार गत आर्थिक वर्षमा पाँच सय ६५ नयाँ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई  नापतौल यन्त्रको इजाजतपत्र दिइएको थियो। सो कार्यालयमा  तीन हजार तीन सय २५ जना व्यवसायीले नापतौलसम्बन्धी इजाजतपत्र लिएर कार्य गरिरहेको उहाँले  बताउनुभयो ।
गत आर्थिक वर्षमा नौ सय दुई पम्पको नोजल जाँच, चार सय  ३५ भेहिकलको ट्याङ्क जाँच गरिएको, नापतौलसम्बन्धी उपभोक्ता हकहित संरक्षणका लागि  एकल अनुगमन ३२ पटक तथा  संयुक्त अनुगमन २८ पटक गर्नाका साथै १९ व्यावसायिक प्रतिष्ठान बिरुद्ध  अभियोगपत्र दायर गरिएको जनाइएको थियो ।साथै कार्यालयले सो अवधिमा विभिन्न शीर्षकबाट  रु एक करोड ४० लाख २३ हजार दुई सय ६८ राजस्वसमेत सङ्कलन गरेको  पनि बताइएको थियो । कार्यालयले डिजिटल नागरिक वडापत्र तथा  डिजिटल गुनासो सुनवाइको व्यवस्था गरेकामा उक्त कार्यको सेवाग्राहीले  प्रशंसा थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu