ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य क्षेत्रको सुधारका लागि बाह्रबुँदे प्रतिबद्धता


एबीसी न्यूज
१७ श्रावण २०८०, बुधबार   १ : ४४   बजे

काठमाडौं, १७ साउन । नसर्ने रोगका साथै मानसिक समस्याप्रति पूर्ण सवधानी अपनाउँदै जीवनयापनमा सकारात्मक परिवर्तन ल्याउन जिल्लाबाट दिइने थप सेवाका विषयमा बाह्रबुँदे प्रतिबद्धा गरिएको छ । काठमाडौँस्थित स्वास्थ्य निर्देशनालय इपिडिमियोलोजी महाशाखा, जिल्ला स्वास्थ्य कार्यालय तथा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा राष्ट्रिय मानसिक स्वास्थ्य सेवा सुदृढीकरणअन्तर्गत नसर्ने रोग रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्य योजनाका बारेमा स्थानीय सरकारलगायत सरोकारवाला निकायलाई जानकारी गराउन सदरमुकाम धुञ्चेमा आयोजना गरिएकोे एक कार्यक्रममा उक्त प्रतिबद्धता गरिएको हो ।

वागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले तयार पारेको उक्त प्रतिबद्धतापत्रलाई प्रभावकारीरूपमा कार्यान्वयन गराउन यहाँका सरोकारवाला निकाय सामु स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठले मङ्गलबार सार्वजनिक गर्नुभएको थियो ।

नसर्ने रोग एवं मानसिक रोग न्यूनीकरण गर्दै लान खानपिनमा सुधार गर्नुपर्ने, धूमपान एवं मादकपदार्थ सेवनलाई निरूत्साहित गर्ने , घरभित्रका धुँवाको न्यूनीकरणलगायत विविध कुरा प्रतिबद्धतापत्रमा उल्लेख थियो । नसर्ने रोग रोकथामका लागि स्थानीय तहका निकायमा संस्थागत संरचना स्थापना गरी कार्यान्वयनमा लाइने बताइएको छ । सुर्तिजन्य र मादकपदार्थको विज्ञापन प्रर्बद्धन र प्रयोगमा पूर्णरोक लगाइने, ट्राफिक प्रहरीबाट सवारी चालकको मापसे परीक्षण गराउने, विद्यालय नर्स कार्यक्रमलाई सरलीकरण गरिने, विद्यालयको खाजालाई प्राङ्गारिक बनाइनेजस्ता कुरा पनि प्रतिबद्धतापत्रमा उल्लेख थियो । स्थानीयस्तरको अस्पतालमा महिनाको एक पटक मानसिक रोगको विशेषज्ञ चिकित्सक सेवा दिइने र रसुवा अस्पतालको समन्वयमा ती अस्पतालमा औषधि आपूर्तिको व्यवस्था गराइनेसमेत बताइएको थियो । घरमा रहेका दीर्घरोगी तथा अशक्तलाई घरघरमै गएर स्वास्थ्यपरीक्षण एवं आवश्यक सामग्रीको व्यवस्थापन गरिने, बहुक्षेत्रीय कार्य योजनालाई सङ्घ प्रदेश र स्थानीय सरकारको सहकार्यबाट गाउँ स्वास्थ्य अभियान अगाडि बढाइने जनाइएको छ ।

स्वास्थ्यमा देखापर्ने असरलाई मध्यनजर गरी प्लास्टिकजन्य फोहर खुल्ला ठाउँमा जलाउन नदिइने उल्लेख गरिएको छ । दूरदराजका ग्रमिण क्षेत्रमा स्वास्थ्य सेवा निरन्तर सन्तुलन राख्न स्वास्थ्य विशेषज्ञको रायसमेत लिई उक्त घोषणा गरिएकोले प्रतिवद्धता कार्यान्वयनमा तिनै तहका सरकारद्वारा पूर्णरूपमा सहयोग मिल्नेमा आफू आशावादी रहेको निर्देशक श्रेष्ठले बताउनुभयो । जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरे, उपप्रमुख विजय लामा, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, उत्तरगया र कालिका गाउँपालिका उपाध्यक्षद्वय चमेली गुरूङ र मीरा तामाङ, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, गाउँपालिकाका प्रशासकीय अधिकारी एवं स्वास्थ्य इकाई प्रमुख, विज्ञ चिकित्सक एवं सञ्चारकर्मी समेतको सहभागितामा बागमती प्रदेशका स्वास्थ्य निर्देशक श्रेष्ठले प्रतिबद्धतापत्र घोषणा गरेसँगै कार्यान्वयन चरण अगाडि बढिसकेको स्वास्थ्य शाखा प्रमुख भीम सागर गुरागार्इंले बताउनुभयो ।

यहाँ कार्यरत स्थानीय निकायका पदाधिकारी एवं विश्व स्वास्थ्य सङ्गठनका विज्ञसमेतको सहभागितामा भएको वृहत् छलफल र सुझावले आगामी दिन जिल्लाको स्वास्थ्य अबस्था थप सुदृढ हुनेमा आशावादी रहेको सहभागीले बताए । वर्तमान स्वास्थ्य अवस्था र भावी रणनीतिका बारेमा स्वास्थ्यविज्ञ फणिन्द्रप्रसाद बराल र सतिस विष्टले कार्यपत्र पेस गर्नुभएको थियो भने रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अमितकुमार शाहले उपचारमा देखा परेका समस्या र गरिएका प्रयासको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी विश्व स्थास्थ्य सङ्गठनका प्रतिनिधिले यसअघि स्वास्थ्य क्षेत्रमा गरिएका सहयोगबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group