ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाद्यान्नमा आत्मनिर्भर नहुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्था


एबीसी न्यूज
१७ श्रावण २०८०, बुधबार   ५ : ०३   बजे
काठमाडौं, १७ साउन । वलपरासी ९ बर्दघाट सुस्तापूर्व कृषिमा आत्मनिर्भर नहुँदा बाहिरबाट खाद्यान्न आयात गर्नुपरेको छ । उत्पादित खाद्यान्नले जिल्लावासीलाई नै खान पुग्दैन ।
जिल्लामा रहेका आठवटै पालिकाले कृषिलाई प्राथमिकतामा राखे पनि जिल्लावासीलाई खान पुग्ने अन्नबालीसमेत जिल्लामै उत्पादन हुन नसकेको तथ्याङ्क देखिएको छ  । जिल्लामा उत्पादित खाद्यान्न अपुग भएपछि बाह्य क्षेत्रबाट खरिद गर्नुपर्ने अवस्था छ । जिल्लामा मुख्यगरी धान, गहुँ, मकै, कोदो, जौँ र फापरको उत्पादन हुँदै आएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेका अनुसार जिल्लामा उत्पादित खाद्यान्न बालीले जिल्लालाई नै थेग्न सक्दैन ।
प्रतिव्यक्ति प्रतिवर्ष एक सय ८१ किलोग्राम खाद्यान्न आवश्यक पर्छ । केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९र८० मा धान, गहुँ, मकै, कोदो, जौँ र फापर गरी खानयोग्य ६२ हजार ४५ मेट्रिक टन खाद्यबाली उत्पादन भएको प्रमुख लामिछानेले बताउनुभयो ।
कृषि खाद्यान्न बालीमा आत्मनिर्भर हुनका लागि जिल्लामा एक वर्षमा ६८ हजार नौ सय ८० मेट्रिक टन आवश्यक पर्छ । जिल्लामा बसोबास गर्ने तीन लाख ८१ हजार एक सय पाँच जनसङ्ख्यालाई यहाँको उत्पादनले नपुग्ने गरेको उहाँले बताउनुभयो ।
“जिल्लामा आव २०७९÷८० मा ८३ हजार एक सय २७ मेट्रिक टन धान उत्पादन भएको थियो, त्यसमा खानका लागि योग्य धान ४२ हजार ९९ दशमलव ६४ मेट्रिक टन रहेको छ”, उहाँले भन्नुभयो, “उत्पादित धानमध्ये एक हजार एक दशमलव नौ मेट्रिक टन बीउको रुपमा प्रयोग भएको छ, पशुपक्षी आहारमा आठ सय ५९ मेट्रिक टन धान प्रयोग हुने गरेको छ ।”
त्यस्तै गहुँ २१ हजार दुई सय १८ मेट्रिक टन उत्पादन भएकामा खानका लागि योग्य १४ हजार चार सय ४९ मेट्रिक टन मात्र रहेको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । “उत्पादितमध्ये दुई सय ९४ मेट्रिक टन पशुपक्षीको आहारका रूपमा प्रयोग हुने गरेकोे छ, बीउको रुपमा आठ सय ९३ मेट्रिक टन प्रयोग हुने गरेको छ”, उहाँले भन्नुभयो, “मकै १३ हजार पाँच सय २० मेट्रिक टन उत्पादन भएको थियो, त्यसमा खानका लागि योग्य मकै पाँच हजार आठ सय ४७ मेट्रिक टन रहेको छ, उत्पादित मकैमध्ये बीउका लागि एक सय ३७ मेट्रिक टन प्रयोग हुने गरेको छ, त्यस्तै पशुपक्षी आहारमा तीन हजार नौ सय ९८ मेट्रिक टन मकै प्रयोग हुने गरेको छ ।”
जिल्लामा कोदो उत्पादन निकै कम हुने गरेको छ । अघिल्लो आवमा दुई सय ८५ मेट्रिक टन कोदो उत्पादन हँुदा १० प्रतिशतमात्रै भण्डारण गरिने गरेको र अझै १४ दशमलव ३८ मेट्रिक टन अपुग हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख लामिछानेले बताउनुभयो । फापरको उत्पादन ९५ मेट्रिक टन हँुदा खानका लागि योग्य फापर २३ मेट्रिक टन रहेको छ भने जिल्लामा जौँ खेती भने हुन छाडेको उहाँले बताउनुभयो ।
जिल्लामा दलहन र तेलहन बाली पनि अपुग हुने गरेको प्रमुख लामिछानेले बताउनुभयो । “दलहन बाली उत्पादन कम हुँदा आव २०७९र८० मा चार हजार नौ सय आठ हेक्टर क्षेत्रफलमा दलहन खेती गरिएको थियो”, उहाँले भन्नुभयो, “त्यसमा उत्पादन पाँच हजार पाँच सय २६ मेट्रिक टन रहेको छ, उत्पादनमध्ये खानका लागि योग्य दलहन चार हजार आठ सय पाँच दशमलव ५३ मेट्रिक टन रहेको छ ।” तथ्याङ्कअनुसार जिल्लामा ६१ दशमलव ७९ मेट्रिक टन दलहनको कमी रहेको छ । त्यस्तै जिल्लामा तेलहनको उत्पादन पनि दुई हजार चार सय ४६ दशमलव ५२ मेट्रिक टन कम हुने गरेको प्रमुख लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group