ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर निर्माणकार्य ठप्प पार्ने व्यवसायीको चेतावनी


एबीसी न्यूज
१९ श्रावण २०८०, शुक्रबार   १२ : ५२   बजे

काठमाडौं, १९ साउन ।  सरकारले निर्माण व्यवसायीका माग तत्काल सम्बोधन नगरे देशभर निर्माणकार्य ठप्प पार्ने चेतावनी दिइएको छ । शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासअगाडि भेला भएर व्यवसायीले निर्माण उपकरणसहित प्रदर्शन गरेका हुन् ।

बजेट दिन नसकिने आयोजनाहरू खारेज नगरे निर्माण व्यवसायीको आन्दोलन थप चर्कने चेतावनी उनीहरूले दिए ।

नेपाली कांग्रेसका सांसद समेत रहेका पूर्णबहादुर तामाङले रक्षा मन्त्रालय नै ठेक्कापट्टामा लागेको आरोप लगाए । सरकारले निर्माण व्यवसायीका माग पूरा नगरे आफूले सांसद पद त्याग्ने उनले बताए ।

छिटो काम सम्पन्न गर्न सबै निर्माण व्यवसायी लाग्नुपर्नेमा उनले जोड दिए । उनले लामो ‘ग्याप’ गरेर भुक्तानी नरोक्न सरकारलाई आग्रह गरे ।

विरोध कार्यक्रममा महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायी सरकारबाट नै ठगिइरहेको आरोप लगाए । सिंहदरबार, बालुवाटार, शीतलनिवास निर्माण व्यवसायीले नै बनाएको भन्दै उनले आफूहरूका माग पूरा गर्न आग्रह गरे ।

महासंघका अध्यक्ष रवि सिंहले आन्दोलन गर्नुपूर्व धेरैपटक प्रधानमन्त्रीको ध्यानाकर्षण गराए पनि माग सुनुवाइ नभएको गुनासो गरे ।

निर्माण व्यवसायीले बजेटबिनाका आयोजना खारेज गरी मूल्य समायोजन गर्नुपर्ने, एकमुष्ट म्याद थप गर्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन, उद्धार टोली परिचालन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu