ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्पतालमा ‘भद्रगोल’ : इमर्जेन्सीमा बेड अपुगदेखि न्यून तलबसम्म


एबीसी न्यूज
१९ श्रावण २०८०, शुक्रबार   १ : ४२   बजे

काठमाडौं, १९ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत नेतृत्वको टोलीले बिहीबार काठमाडौं उपत्यकाका आठवटा अस्पताल अनुगमन गर्‍यो । जसमध्ये अधिकांश अस्पतालमा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड नपुगेको पाइयो ।

अनुगमनमा अतिरिक्त सचिवहरु डा।विकास देवकोटा, डा। टंक बराकोटी, डा।संगीता कौशल मिश्र र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा।दीपेन्द्ररमण सिंहको नेतृत्वमा चारवटा टोली खटिएको थियो । जसमा प्याथोलोजिस्ट, रेडियोलोजिस्ट, नर्सिङ अधिकृत, फर्मासिस्ट, माइक्रोबायोलोजिस्ट, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, सरुवा रोग विशेषज्ञ, मानव संशाधन, अस्पताल व्यवस्थापकसहितका विज्ञ सहभागी थिए ।

अनुगमन गरिएकामा नेपाल मेडिकल कलेज जोरपाटी, शंकरापुर अस्पताल जोरपाटी, अल्का अस्पताल जावलाखेल, मेडीसिटी अस्पताल भैँसेपाटी, कान्ति बाल अस्पताल महाराजगञ्ज, मनमोहन सामुदायिक अस्पताल स्वयम्भू, भक्तपुर अस्पताल र नागरिक सामुदायिक अस्पताल गठ्ठाघर भक्तपुर रहेका छन् ।

अनुगमनमा संलग्न टोलीले प्रस्तुत गरेको प्रारम्भिक रिपोर्टका आधारमा अधिकांश अस्पतालहरुले मापदण्ड पालना नगरेको नपाइएको हो । सो क्रममा अस्पतालहरुले कूल शैय्याको १० प्रतिशत शैय्यामा विपन्नलाई निःशुल्क उपचारका लागि छुट्याउनुपर्नेमा त्यसो नगरेको पाइएको थियो ।

कुल शैय्याको १० प्रतिशत आकस्मिक शैय्या छुट्याउनु पर्नेमा त्यसो नगरेको, आवश्यकताभन्दा बढी शल्यक्रियामार्फत डेलिभरी गराएको, प्याथलोजी व्यवस्थित नभएको, स्टाफ नर्स तथा सहायक स्तरका कर्मचारीहरुलाई न्यूनतम तलब समेत दिने नगरिएको टोलीका संयोजक अतिरिक्त सचिव डा।टंक बाराकोटीले बताए ।

त्यस्तै, अस्पतालजन्य फोहोर व्यवस्थापनको उचित व्यवस्थापन नगरेको, अस्पतालमा उपलब्ध सेवा सार्वजनिक नगरिएकोलगायतका धेरै मापदण्डविपरीतका कार्य भएको पाइएको डा। बाराकोटीको भनाइ छ ।

मापदण्ड नपुर्‍याई सञ्चालनरत अस्पतालाहरुलाई कारबाही गरिने अनुगमनपछि मन्त्री बस्नेतले बताएका छन् । यसबारे मन्त्रालयले छिट्टै निर्णय लिने उनले प्रतिवद्धता जनाए ।

“अनुगमनको प्रारम्भिक रिपोर्टअनुसार उपत्यकाका अधिकांश अस्पताल मापदण्डअनुसार चलेको पाइएन । नियमविपरीत सञ्चालित अस्पतालहरुलाई अनुगमन टिमको रिपोर्टका आधारमा कानुनी कारबाही गर्छौँ,” मन्त्री बस्नेतले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu