ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा बीमाको पहुँचमा चार प्रतिशत


एबीसी न्यूज
२१ श्रावण २०८०, आइतबार   १ : ०४   बजे

काठमाडौं, २१ साउन । जीवन बीमाको पहुँचमा कर्णाली निकै कमजोर देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कलाई हेर्दा बागमती प्रदेशको कुल जनसङ्ख्यामा ४४ दशमलव नौ प्रतिशत नागरिक बीमा कार्यक्रमको पहुँचमा छन् ।
कर्णालीमा चार प्रतिशत नागरिकमात्र बीमा कार्यक्रमको पहुँचमा भएको तथ्याङ्क छ । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतले दिएको तथ्याङ्कानुसार कर्णालीको कुल जनसङ्ख्याको चार प्रतिशत नागरिक जीवन बीमाको पहुँचमा छन् । बीमा प्रिमियम शुल्क सङ्कलनको अवस्थाका आधारमा कर्णालीमा जीवन बीमा गर्ने नागरिकको सङ्ख्या न्यून रहेको प्राधिरकण प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारीले जानकाकरी दिनुभयो ।

उहाँले भन्नुभयो, “देशका सात प्रदेशको तुलनामा जीवन बीमाको पहुँच आजका दिनसम्म पनि कर्णाली पछि छ । यसो हुनुको कारण यहाँको भौगोलिक विकटता, वित्तीय साक्षरता र जीवन बीमा कम्पनीले ग्रामीण भेगसम्म सेवा विस्तार नगर्नु हो ।” बीमा मानव जीवनको सङ्कटको नजिकको सारथी हो भन्ने बुझाउन नसकेसम्म नागरिकले बीमा नगर्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार कर्णालीमा सक्रिय जीवन बीमालेखको सङ्ख्या दुई लाख १७ हजार छ सय ५० रहेको छ । प्राधिकरणले कर्णालीवासीमा बीमाको पहुँच अभिवृद्धि गर्न जीवन तथा निर्जीवन बीमकसँग नियमित छलफल, बीमा अभिकर्ता, सर्भेयर तथा क्षति मूल्याङ्कर्तासँग अन्तक्र्रिया, स्थानीय तह, प्रहरी र जिल्ला समन्वय समितिसँग अन्तक्र्रिया तथा छलफल अगाडि बढाएको छ ।

कर्णालीका १० जिल्लामा जीवन बीमकको शाखा र उपशाखासहित एक सय १० र पुस मसान्तसम्मको कर्णालीमा निर्जीवन बीमकको सङ्ख्या शाखा र उपशाखासहित ४५ कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो । प्रमुख सोडारीका अनुसार निर्जीवन बीमा गर्नेहरूको सङ्ख्या पनि कर्णालीमा न्यून छ ।

बीमा शुल्क सङ्कलनलाई आधारमा मान्दा यहाँका एक दशमलव चार प्रतिशत नागरिकमात्र निर्जीवन बीमाको पहुँचमा छन्”, उहाँले भन्नुभयो, “सामुन्द्रिक, मोटर, सम्पत्ति, कृषिबाली, लद्यु तथा विविधसहित कर्णालीमा ५६ हजार आठ सय ९२ निर्जीवन बीमालेख रहेको छ ।” प्रदेशमा बीमा नीति तथा कानुनको अभाव, जनचेतनाको कमी, भौगोलिक कठिनाइ, वित्तीय साक्षरता नहुनु, बेरोजगारी तथा न्यून आयस्तर कर्णालीको बीमा क्षेत्रको ठूलो चुनौती रहेको प्रमुख सोडारीले जनाउनुभयो ।

कर्णालीमा वित्तीय क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको न्यून उपस्थितिले पनि बीमा कार्यक्रममा नागरिकको पहुँच वृद्धि हुन नसकेको बताउनुभएका उहाँले पछिल्लो समयमा प्राधिकरणले यहाँका बीमितको हितमा हुने गरी बीमा कम्पनीलाई परिचालन गरिने जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group