ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन भयो गोलभेँडा अचाक्ली महँगो : अझै बढ्न सक्छ मूल्य


एबीसी न्यूज
२१ श्रावण २०८०, आइतबार   ३ : ३२   बजे

काठमाडौं, २१ साउन ।  पछिल्लो समय गोलभेँडाको मूल्य निरन्तर वृद्धि भइरहेको छ । केही सातादेखि मूल्य बढेको हो । आज देशमा गोलभेँडाको औसत मूल्य प्रतिकिलो १६८ रुपैयाँ छ ।

काठमाडौं उपत्यकामा आपूर्ति कम हुँदा गोलभेँडाको मूल्य अत्यधिक वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

बजार मूल्य नपाएको भन्दै गएको असार ३ गते किसानले कालीमाटीस्थित सडकमा गोलभेँडा फालेका थिए । आफूले उत्पादन गरेको गोलभेँडाले प्रतिकिलो १० रुपैयाँ समेत मूल्य नपाएको किसानको गुनासो थियो ।

अहिले गोलभेँडाको मूल्यवृद्धि सबैभन्दा बढी छ । पछिल्लो समय नेपालमा उत्पादित गोलभेँडा भारततर्फ समेत निर्यात गरिएको व्यवसायीको भनाइ छ ।

नेपालमा भन्दा भारतमा गोलभेँडाको मूल्य बढी छ । सोही कारण व्यापारीले गोलभेँडा भारततर्फ निर्यात गरेका हुन् ।

मूल्यमा ठूलो उतारचढाव किन
कालीमाटी फलफूल तथा तरकारी बजारकी गोलभेँडा व्यापारी तारादेवी मगरले तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन भएको बताइन् । अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत हुँदा अर्को वर्ष सबै किसानले त्यही नै उत्पादन गर्ने गरेकाले पनि यस्तो भएको उनको बुझाइ छ ।

भारतमा पनि गोलभेँडाको मूल्यवृद्धि अत्यधिक छ । एक महिनाअघि नेपालमा गोलभेँडा फालाफाल हुँदा भारततर्फ निर्यात गरिएको थिएन । अहिले करिब ७० प्रतिशत नेपाली गोलभेँडा भारततर्फ गइरहेको उनले बताइन् ।

नेपाली बजारमा आपूर्ति कम भइरहेको अवस्थामा भारततर्फ निर्यात गर्दा चर्को मूल्यवृद्धि भएको उनले उल्लेख गरिन् ।

उनका अनुसार अघिल्लो वर्ष यही समयमा गोलभेँडा प्रतिक्रेट दुई हजार रुपैयाँसम्म थियो । अहिले टनेलभन्दा बाहिरको गोलभेडा प्रतिक्रेट दुई हजार ५०० र टनेलभित्रको दुई हजार ८०० रुपैयाँमा बिक्री भइरहेको मगरले जानकारी दिइन् ।

“एक महिनाअघि नेपाली उत्पादन गोलभेँडा फालाफाल भयो । त्यो बेला भारतमा गएको थिएन । तर, अहिले नेपाली उत्पादन गोलभेँडा करिब ७० प्रतिशत भारतमा गइरहेको अवस्था हो । त्यसकारण मूल्य वृद्धि भएको हो,” उनले न्युज एजेन्सी नेपालसँग भनिन्, “भारत नभएको भए ५० रुपैयाँ किलोभन्दा माथि नजानु पर्ने हो । अघिल्लो वर्ष यही समयमा प्रतिक्रेट दुई हजारसम्म थियो ।”

अर्का गोलभेँडा व्यापारी द्वारिका अधिकारीले विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहेको बताइन् । तर, गोलभेँडा अत्यधिक महँगो भएको उनले सुनाइन् ।

गोलभेँडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नुपर्ने भएकाले किसानले औषधि उपचार नगर्दा उत्पादन कम भएको उनको भनाइ छ । त्यसको असर बजारमा देखिएको उनको तर्क छ ।

“विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहेको छ । महँगो भनेको गोलभेँडा मात्रै हो । गोलभेँडा पनि १० रुपैयाँ केजीसम्म आएर किसानहरूले सडकमा फाल्न बाध्य भए,” उनले भनिन्, “सडकमा फाल्नुपर्ने भएकाले किसानले औषधि उपचार गरेनन् । रोग लाग्नाले उत्पादन कम भएकाले बजारमा कमी भएकाले महँगो भएको छ ।”

सरकारले तरकारीको निश्चित मूल्य तोकिदिनुपर्नेमा उनी जोड दिन्छिन् । त्यसो गरिए मात्र उपभोक्ताले सधैँ एउटै मूल्यमा तरकारी खरिद गर्न पाउने उनी बताउँछिन् ।

“काउली ३५ रुपैयाँ छ । अन्य तरकारीको उत्पादनमा वृद्धि भएको कारण मूल्य कमी आएको छ । बजारमा तरकारीको मूल्य घटबढ नहुनको लागि सरकारले उत्पादित तरकारीको निश्चित मूल्य तोकि दिए मात्रै उपभोक्ताले सधैँ एउटै मूल्यमा तरकारी खरिद गर्न पाउँछन् ।”

अर्का तरकारी व्यवसायी बद्रीलाल श्रेष्ठले गोलभेँडाको मूल्य पछिल्लो ३० वर्षको अवधिमा यो वर्षको जस्तो उतारचढाव नभएको बताए ।

कालीमाटी तरकारी बजारमा होलसेलमै गोलभेँडा प्रतिकिलो १२० रुपैयाँसम्म पुगेको उनले सुनाए ।

अझै बढ्न सक्छ मूल्य
गोलभेँडाका लागि यो ‘अफ सिजन’ भएकाले उत्पादन कम छ । निरन्तरको वर्षाले समेत उत्पादनमा कमी आएको सूचना अधिकारी श्रेष्ठले बताए ।

अहिले काठमाडौंमा उपत्यका र आसपासका क्षेत्रबाट मात्र गोलभेँडा आयात भइरहेको छ । उपत्यकानजिकका जिल्लाबाट पनि आपूर्ति घटेको उनले जानकारी दिए ।

“हाल काठमाडौंमा दैनिक ३०र३५ टन गोलभेँडा आयात भइरहेको छ । गत वर्ष यही समयमा ६०र६५ टन आयात हुन गरेको थियो,” उनले बाह्रखरीसित भने ।

उनका अनुसार तत्काल भारतबाट गोलभेँडा आयात हुने अवस्था छैन । सोही कारण गोलभेँडाको मूल्य अझै बढ्न सक्ने श्रेष्ठले बताए ।

“तत्काल बाहिर भारतबाट आउन सक्ने अवस्था छैन । निरन्तर भइरहेको वर्षाले उत्पादनमा पनि कमी आएको छ । जसले गर्दा आपूर्ति अझै घट्ने र मूल्यवृद्धि हुन सक्ने सम्भावना छ, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group