ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठौँ तलाबाट ‘हामफालेका’ न्युरोडका व्यापारी गुप्ताको घटना अनुसन्धानमा के देखियो ?


एबीसी न्यूज
२१ श्रावण २०८०, आइतबार   ४ : ३४   बजे

काठमाडौं, २१ साउन ।  काठमाडौंको व्यापारिक केन्द्र न्युरोड हरेक दिन चलायमान हुन्छ । बिहानदेखि राति १० बजेसम्म किनमेल गर्नेको भीड देखिन्छ ।

यही साउन १६ गते पनि न्युरोडको दृष्य उस्तै थियो । दिउँसो साढे १ बजेको समयमा सडकमा सवारीसाधनको चाप नै थियो ।

त्यही बेला घरको आठौँ तलाबाट एक पुरुष अकस्मात् भुईंमा बजारिए । त्यसरी बजारिएका पुरुष थिए, ५५ वर्षीय सञ्जय गुप्ता ।

प्रहरी वृत्त जनसेवाको टोलीले गुप्तालाई तत्काल उपचारका लागि केही दूरी पर रहेको वीर अस्पतालमा पुर्‍यायो । लगत्तै अस्पतालले गुप्तालाई मृत घोषित गर्‍यो । स्थानीयवासीले गुप्ता घरको छतबाट खसेको अनुमान गरेका थिए ।

तर, प्रहरीको अनुसन्धानमा उनले आत्महत्या गर्न आफ्नै घरको आठौँ तलाबाट हामफालेको खुलेको छ । कपडा व्यापारी गुप्ताको न्युरोडमा आठतले घर र गैरीगाउँमा समेत अर्को घर छ ।

प्रहरी वृत्त जनसेवाका प्रमुख एवं डीएसपी भेषराज रिजालका अनुसार न्युरोडको घर गुप्ताले व्यापारिक प्रयोजनका लागि प्रयोग गरेका थिए । त्यही घरबाट हामफालेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको उनले बताए ।

“हाम्रो प्रारम्भिक अनुुसन्धानले गुप्ताले आत्महत्या गरेको देखिएको छ । हामी थप अनुसन्धानमै छौँ । गुप्ताले प्रयोग गर्ने मोबाइल परीक्षणको लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा पठाएका छौँ,” डीएसपी रिजालले बाह्रखरीसित भने ।

परिवारका सदस्यले प्रहरीलाई दिएको जानकारीअनुसार गुप्ता केही समयअघिदेखि तनावमा देखिएका थिए । तर, के कति कारणले उनले ‘आत्महत्या’को बाटो रोजे, परिवारका सदस्य र प्रहरीले समेत कुनै ‘क्लु’ फेला पारेका छैनन् ।

आर्थिक समस्याका कारण गुप्ता तनावमा रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu