ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

औषधि लिमिटेडले असोजबाट सिटामोल उत्पादन गर्ने


admin
२ श्रावण २०७४, सोमबार   ५ : १५   बजे

काठमाडौँ, २ साउन । नेपाल औषधि लिमिटेडले आउँदो असोजबाट सिटामोल उत्पादन गर्ने भएको छ ।

गत वैशाखबाट जीवनजल उत्पादन गरी पुनः औषधि उत्पादन गर्न सुरु गरेको लिमिटेडले दोस्रो चरणमा सिटामोल उत्पादन गर्न लागेको हो ।

बन्द भएको आठ वर्षपछि सरकारी स्वामित्वमा रहेको लिमिटेड २०७३ असोज २ गते बसेकोे मन्त्रिपरिषद्को बैठकले पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

विसं २०६७ मा विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुड म्यानुफ्याक्चरिङ प्राक्टिस ९जिएपी० अनिवार्य गरेपछि सो उद्योग बन्द भएको थियो ।

सरकारले जिएमपीअनुसार पुनः सञ्चालन गर्न रु १४ करोड ६५ लाख ऋणस्वरुप लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो । पहिलो चरणमा रु छ करोड ४८ लाख निकासा गरेको थियो ।

लिमिटेडका महाप्रबन्धक डा रोवर्स कुसुम सुवेदीले असोजबाटै उत्पादन गर्न तयारी थालिएको बताउनुभयो । सञ्चालनमा आएको तीन महिनाभित्र सिटामोललगायतका औषधिहरु उत्पादन गर्ने लक्ष्यअनुरुप नै काम भइरहेको उहाँको जानकारी दिनुभयो ।

लिमिटेडले बालबालिकालाई मध्यनजर गरी सुन्तलाको स्वादमा जीवनजल उत्पादन गरिरहेको छ । सुदूरपश्चिमका जिल्लामा बढी जीवनजल पठाइएको छ । “अब एक महिनाभित्रै सादा जीवनजल उत्पादन गर्दैछौँ” – महाप्रबन्धक सुवेदीले भन्नुभयो ।

यसैबीच, पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले आइतबार लिमिटेडमा पुगी पछिल्लो प्रगतिबारे जानकारी लिई काममा कुनै रोकावट आउन नदिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – “विश्वस्तरीय जिएमपी मापदण्डअनुसार गुणस्तरीय औषधि उत्पादन गर्न लिमिटेडले नयाँ प्रविधिअनुरुप २७ भन्दा बढी प्रकारका आधुनिक प्रविधिले युक्त गुणस्तर जाँच गर्ने उपकरण जडान गरिसकेको छ, उत्पादन गरिएका औषधि अहिलेका प्रचलित बजार मूल्यभन्दा कममा जनताले प्राप्त गरुन् भनेर पुनःसञ्चालनमा ल्याएको छ, यसको निरन्तरता होस् भन्ने चाहना हो ।”

नेपालमा आधुनिक औषधि उत्पादन सरकारबाटै गर्ने उद्देश्यका साथ कम्पनी ऐन, २०२१ अन्तर्गत नेपाल औषधि लिमिटेडको स्थापना २०२९ सालमा भएको थियो । बन्द हुनुपूर्व लिमिटेडले १२० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौमा ११ दिन सार्वजनिक बिदा, दुईपटक तीन दिन लगातार छुट्टी

चार महिनादेखि राष्ट्र बैंकको डेपुटी गभर्नर पद खाली, नियुक्तिमा सरकार–गभर्नरबीच तानातान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सी चिनफिङको कडा सन्देश : ‘अदम्य लडाइँको भावना’ प्रदर्शन गर्न आह्वान

साना तथा मझौला उद्यमीलाई वित्तीय साक्षरता बढाउन राष्ट्र बैंकको जोड

सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

भदौमा ११ दिन सार्वजनिक बिदा, दुईपटक तीन दिन लगातार छुट्टी

बागलुङमा पहिरोको उच्च जोखिममा १७ घर, ४४ घर जोखिममा

New Book Details Chaotic Second Term of Donald Trump

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu