ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाडा अटो शो : दुई पांग्रेतर्फ कुन ब्रान्डका कस्ता मोडल आउँदैछन्?


एबीसी न्यूज
२२ श्रावण २०८०, सोमबार   २ : २०   बजे

काठमाडौं, २२ साउन । नाडा अटो शो २०२३ मा दुईपांग्रे सवारी साधनको सहभागिता सार्वधिक रहने भएको छ। अटो शोमा पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटर्सका दुई पांग्रेको उत्साहजनक सहभागिता रहने नाडाले जनाएको छ।

नाडामा करिब २ दर्जन ब्रान्डको उपस्थिति रहने छ। जसमा करिब १ दर्जन विद्युतीय २ पांग्रेको समेत उपस्थिति रहने नाडा अटो शो समितिले जानकारी दिएको छ। अटो शोमा चारपांग्रे भन्दा २ पांग्रेका ब्रान्डको उपस्थिति बढी रहेको छ।

नाडा अटो शो भदौ २६ गते देखि ३१ गतेसम्म काठमाडौं प्रदर्शनीमार्गको भृकुटीमण्डप परिसरमा आयोजना हुँदै छ।

अटो शोमा चारपांग्रे, तीन पांग्रे, दुईपांग्रे सवारी तथा ढुवानीका साधन, स्पेयर पार्टस्, टायर ट्युब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्टस लगायत वस्तुका स्टल पनि दर्ता भएका छन्।

नाडा अटो एक्पोका सभापति अनुप कुमार बरालले स्टल दर्ता र बाँडफाँट गरिसकेको बताए। उनले अटो शोमा नेपालमा बिक्री हुने ठूला ब्रान्डको उपस्थिति रहने बताए।

‘नाडामा सधैं २ पांग्रे बान्डकै उपस्थिति बढी हुन्छ,’ नाडा अटो शोका संयोजक अनुप बरालले भने, ‘पेट्रोलसँगै विद्युतीय २ पांग्रेको उपस्थिति उत्साहजनक रहने छ।’

नाडाका अनुसार दुई पांग्रेमा बजाज, टीभीएस, हिरो–होन्डा, रोयल इन्फिल्ड, बेनली, क्रसफायर, केटीएम, बीएमडब्लु, जावा, सुजुकी, भेस्पा तथा अप्रिला, पेट्रोल इन्जिनमा उपलब्ध रहेका छन्।

विद्युतीयमा सान्रा, याडिया, सेगवे, लेक्ट्रो ९साइकल०, इभोक, जेन्टेज, स्लेनेन, कोमाकी, पिअर इभी, अफ्टेक लागायत २१ वटा ब्रान्डले सहभागी हुन रजिस्ट्रेसन गराएका छन्।

मुख्य ब्रान्डको रुपमा बजार हिस्सा राम्रो रहेको यामाहाले भने उपस्थिति नजनाउने बताएको छ।

यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रले आफूहरुको उपस्थिति नरहने बताए।

‘अहिले शोरुममा भएको मोडल नै त्यति ठूलो अटो शोमा के राख्नु,’ क्षेत्रीले भने,‘नयाँ मोडल नभएकाले उपस्थित नहुने निर्णय गरेका छौं।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu