ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि विकास बैंकको बदमासी : शनिबार वित्तीय विवरण प्रकाशन, सोमबार करेक्सन !


एबीसी न्यूज
२२ श्रावण २०८०, सोमबार   ३ : ४५   बजे

काठमाडौं, २२ साउन । कृषि विकास बैंकले गएको शनिबार वित्तीय विवरण सार्वजनिक गर्‍यो । बैंकले प्रतिसेयर १९।८९ प्रतिशत प्रतिफल दिन सक्ने सम्भावन रहेको विवरणमा उल्लेख थियो । सोही कारण आइतबार कृषि विकास बैंकको प्रतिसेयर मूल्य १७ रुपैयाँले बढ्यो ।

हाल देशमा २० वाणिज्य बैंक छन् । त्यसमध्ये बढी लाभांश दिने चौथो नम्बरमा परेपछि लगानीकर्ता सस्तो सेयर मूल्य भएको बैंकतर्फ आकर्षित भए । यो बैंकको सेयर मूल्य प्रतिकित्ता २५० रुपैयाँभन्दा कम थियो ।

आइतबार २५३ रुपैयाँ २० पैसामा खुलेको सो बैंकको सेयर कारोबार मूल्य बढेर २७३ रुपैयाँ २० पैसासम्म पुगेको थियो । सो दिन बैंकको सेयर कारोबार २६५ रुपैयाँमा बन्द भएको थियो ।

एभरेस्ट, एनआईसी एशिया र स्ट्यान्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य आम्दानी प्रतिसेयरमा बढी छ । तर, यी बैंकको सेयर मूल्यभन्दा कम भएको कृषि विकासकै सेयर खरिद गर्न लगानीकर्ता आकर्षित भएको देखिन्छ ।

उक्त अपरिष्कृत वित्तीय विवरणमा वितरणयोग्य मुनाफाका आधारमा कृषि विकासले १९।८९ प्रतिशतसम्म लाभांश दिन सक्ने उल्लेख थियो । तर, बैंकले सेयरधनीलाई प्रभाव पर्ने गरी प्रतिफल दिन सक्ने सम्भावनालाई सच्याएर सोमबार सूचना प्रकाशन गरेको छ । सोमबार सार्वजनिक सूचनामा वितरणयोग्य आम्दानी १४।९२ प्रतिशत रहेको उल्लेख छ ।

“कृषि विकास बैंकको आ।व। २०७९र८० को चौथो त्रैमासको मिति २०८०र०४र२० मा प्रकाशित वित्तीय विवरणमा वितरणयोग्य आम्दानी प्रतिसेयर देहायबमोजिम हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ,” सूचनामा उल्लेख छ ।

शनिबार वित्तीय विवरण प्रकाशन गर्ने र सेयर मूल्यमा प्रत्यक्ष प्रभाव पर्ने सूचक दुई दिनपछि मात्र सच्याउनुले बैंकले लगानीकर्तामाथि खेलबाड गरेको प्रस्ट हुन्छ ।

यस्तै, अघिल्लो वर्षको यस्तो आम्दानी पनि गलत भएको भन्दै सच्याइएको सूचनामा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आम्दानी प्रतिसेयर ३५।६१ प्रतिशत रहेको उल्लेख थियो । तर, सोमबार त्यसलाई सच्याएर २६।७० प्रतिशत रहेको जनाइएको छ ।

यो बैंकले गएको आर्थिक वर्षको अन्त्यसम्म तीन अर्ब नौ करोड ९३ लाख रुपैयाँ नाफा गरेको छ ।

कसरी निकालिन्छ सम्भावित प्रतिफल रु
वितरणयोग्य मुनाफालाई बैंकको कुल कित्ता सेयरले भाग गरेर सम्भावित प्रतिफल निकाल्ने गरिन्छ ।

यो बैंकको वितरणयोग्य मुनाफा गएको आर्थिक वर्षको असार मसान्तसम्म दुई अर्ब ७१ लाख रुपैयाँ छ । यो वितरणयोग्य मुनाफालाई बैंकको १३ करोड ४५ लाख १६ हजार ७४२ कित्ता सेयरले भाग गर्दा प्रतिफल दिन सक्ने सम्भावना १४।९२ प्रतिशत हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन, उद्धार टोली परिचालन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu