ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाञ्छना लगाउने गिरोह लाग्यो, देशका लागि केही गर्न खोज्दै छु– ल्हारक्याल लामा


एबीसी न्यूज
२२ श्रावण २०८०, सोमबार   ७ : ०७   बजे

काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफूलाई राज्यले जिम्मेवारी दिनेबेला आफूविरुद्ध लाञ्छना लगाउने गिरोह सधैँ संगठित रूपमा सक्रिय हुने गरेको बताएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामाले कोषको उपाध्यक्षमा आफ्नो नियुक्तिपछि केही मिडियाले आफूविरुद्ध चरित्रहत्याको निम्नस्तरीय तहमा उत्रिएर गरिएका समाचार टिप्पणी र लान्छानाहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताए ।

उनले देशका लागि आफूले केही गर्न खोज्दा सदैव अवरोध गर्न खोजेको जिकिर गरे । उनले लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी दिने नेपाल सरकारको निर्णयप्रति आफू आभारी भएको पनि बताए । आफूले पाएको जिम्मेवारी पूरा गर्ने उनको भनाइ छ।

आफू हेलम्बुजस्तो दुर्गम गाउँमा गरिब आदिवासी जनजाति परिवारमा जन्मिएर बौद्ध दर्शनको शिक्षादीक्षा लिएर बुद्धत्वको प्रचार प्रसारमा आफ्नो जीवन समर्पित गर्नु नै अपराध हो भने आफू अपराधबाट कहिल्यै सफाइ पाउन नसक्ने उनले बताए ।

केही मान्छेहरूले लगाएका आरोपहरू राज्यका संवैधानिक अंग तथा अनुसन्धान गर्ने अख्तियारीप्राप्त निकायहरूको अनुसन्धानबाट आफूले पटकपटक सफाइ पाएको सत्य किन स्वीकार गर्न सक्दैनन् भन्दै उनले प्रश्न गरे ।

प्रेस वक्तव्य

विश्वभरका बौद्ध धर्माबलम्बीहरुको आस्थाको केन्द्र लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी दिने नेपाल सरकारको निर्णयप्रति म आभार व्यक्त गर्दछु । लुम्बिनीको विकास र यसको अन्तर्राष्ट्रिय पहुँच तथा पहिचान विस्तारका लागि मलाई योग्य ठानेर नियुक्त गर्ने मन्त्रिपरिषद,सम्माननीय प्रधानमन्त्री,माननीय मन्त्रीसहित सबैप्रति अभारी छु । लुम्बिनी विकास कोषको उपाध्यक्षमा मेरो नियुक्तिपछि केही मिडियाले मविरुद्ध चरित्रहत्याको निम्नतस्तरीय तहमा उत्रिएर गरिएका समाचार टिप्पणी र लान्छानाहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

विगत केही वर्षयता जब जब मलाई राज्यको तर्फबाट जिम्मेवारी दिइन्छ त्यहिबेला मविरुद्ध यस्ता लान्छाना लगाउने गिरोह र मिडिया सधै संगठित रुपमा सक्रिय हुने गरेका छन् र तिनीहरु एउटै जमात छन् । उनीहरुले लगाएका अभियोगहरुको अदालती परीक्षणमा समेत मैले सधैं सफाइ पाएको छु तर जब उनीहरुको स्वार्थमा धक्का लाग्छ,तब मविरुद्ध समाचारका खेति हुने गरेका छन् । यो भनेको सम्मानित अदालतको समेत अपहेलना हो । अघिपछि मैले संविधान सभा सदस्य,व्यवस्थापिका संसदको सदस्य वा राजनीतिक दलको जिम्मेवार पदमा रहेका बेला तथा अन्तर्राष्ट्रिय फोरमहरुमा मैले देशको र बुद्ध जन्मस्थल लुम्बिनीको पक्षमा बोल्दा तथा लबिङ ग र्दा नउठ्ने प्रश्न जब मैले देशको पक्षमा केही काम गर्ने बेला हुन्छ त्यसमा अवरोध सिर्जना गर्ने नियतले यस्ता अफवाहहरु फैलाइने गरेका छन् ।

केही सिमित मिडिया र व्यक्तिहरु यसमा संलग्न छन्,सबै होइन । म हेलम्बुजस्तो दुर्गम गाउँमा गरिव आदिवासी जनजाति परिवारमा जन्मिनु,मैले बौद्ध दर्शनको शिक्षादीक्षा लिएर बुद्धत्वको प्रचार प्रसारमा आफ्नो जीवन समर्पित गर्नु नै मेरो अपराध हो भने यो अपराधबाट मैले कहिल्यै सफाइ पाउन सक्दिन । बाँकी उनीहरुले लगाएका सबै आरोपहरुको राज्यका संवैधानिक अंग तथा अनुसन्धान गर्ने अख्तियारीप्राप्त निकायहरुको अनुसन्धानबाट मैले पटक पटक सफाइ पाएको सत्य किन स्वीकार गर्न सक्दैनन् केही मान्छेहरु ? के अदालतले सफाइ दिए पनि केही पेशवर मेरा विरोधीहरुको इजलालसले सफाइ नदिएसम्म मैले अभियुक्त र अपराधी नै भइदिनुपर्ने हो ? कहिले नागरिकताको प्रश्न उठाए,कहिले सम्पत्ति शुद्धिकरणको । कहिले हातहतियारको त कहिले ठगीको ।

तर ती सबै मविरुद्ध र मैले अबलम्बन गरेको धार्मिक आस्थामाथि हिलो छ्याप्ने नियतबाट लगाइएका अभियोग थिए भन्ने सम्मानित अदालतबाट पुष्टि भइसकेका छन् । मविरुद्ध राज्यकै जिम्मेवार निकायमा बसेका केही व्यक्तिले पदको दुरुपयोग गरेर लगाइएका झुठा मुद्दाहरुबाट समेत मैले सफाइ पाइसकेको यथार्थ स्वीकार गर्न नसकी लगातार आक्रमण गर्नेहरुप्रति मेरो केही भन्नु छैन । के मैले उनीहरुका आरोपबाट सफाइ पाउन मृत्यु नै रोज्नु पर्ने हो ? उनीहरुको यो चाहना हो भने मलाई बुद्ध दर्शनले त्यति कायर पनि बन्न प्रेरित गर्दैन । मेरो विरोध र निन्दा गर्नुलाई नै आफ्नो पेशा बनाएकाहरुप्रति मलाई केही पनि भन्नु छैन । मैले सार्वजनिक जीवनमा प्रवेश गरेको यो २३ वर्षका बीचमा गरेका कामहरु राज्यको रेकर्डमा र पब्लिक अडिटमा छन् ।

हुँदै नभएका र गर्दै नगरेका अपराधको समेत मलाई अभियुक्त बनाउनेहरुसँग कानूनी लडाइमै जितेर आएको मान्छे हुँ । बुद्धका उपदेशबाट एक इन्च दायाँबायाँ गरेको छैन र मेरो जीवन दर्शन र मैले आर्जन गरेको शिक्षाले त्यो गर्न दिदैन । यो प्रेस वक्तव्यमार्फत के प्रण गर्छु भने,ममाथि लगाइने यस्ता नियोजित र निराधारहरु आरोपहरुको खण्डन मैले मेरो कामबाटै गर्नेछु । लुम्बिनी विकास कोषको जिम्मेवारी केही मान्छेका लागि जागिर होला तर मेरो लागि गहन जिम्मेवारी हो । जुन दर्शन र सभ्यताको अन्तर्राष्ट्रियकरण गर्न मैले व्यक्तिगत रुपमा भूमिका खेलिरहेको थिएँ अब राज्यको जिम्मेवारीमा रहेर त्यसलाई प्रमाणित गर्नेछु । मेरो नियुक्तिप्रति आशावादी भएर बधाइ तथा शुभकामना दिनु हुने र सत्मार्गमा अघि बढिरहन प्रेरणा दिने सबैमा आभार व्यक्त गर्दछु । डा.ल्हारक्याल लामा् उपाध्यक्ष,लुम्बिनी विकास कोष

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group