ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होटेलको एक तिहाइ क्षमता मात्र उपयोग, पर्यटक नआउँदा पोखरा नै खाली !


एबीसी न्यूज
२३ श्रावण २०८०, मंगलबार   ४ : ४७   बजे

काठमाडौं २३ साउन । नेपालमा होटेल तथा पर्यटन क्षेत्रमा लगानी बढिरहेको छ । नयाँनयाँ तारे होटेल, रिसोर्ट तथा गेस्ट हाउस धमाधम सञ्चालनमा आइरहका छन् । पछिल्लो समय होटेल तथा रिसोर्टमा विदेशी लगानी पनि थपिरहेको छ । अन्तर्राष्ट्रिय चेन होटेल ब्रान्ड भित्रिरहेका छन् ।

तर, होटेलको क्षमता अनुसार पर्यटक आएका छैनन् । होटेल एसोसियन नेपाल ९हान०का अध्यक्ष विनायक शाह नेपालमा वार्षिक ३५ लाख पर्यटकलाई सुविधा दिन सक्ने होटेल रहेको बताउँछन् । तर, अहिले नेपालमा रहेका होटेलको कुल क्षमतामध्ये एक तिहाइ क्षमता मात्र उपयोग भइरहेको छ ।

“३५ लाख पर्यटक बस्न सक्ने होटेलको क्षमता छ । सरकारको लक्ष्य १० लाख छ । अहिले हाम्रो क्षमताको एक तिहाइमात्र उपयोग भइरहेको छ,” शाहले बाह्रखरीसँग भने । आफूहरू गुणस्तरीय सेवा दिन तत्पर रहेको बताउँदै उनले अब धेरै पर्यटक ल्याउनतर्फ सबैले काम गर्नुपर्ने बताए ।

अहिले नेपाली होटेल क्षेत्रमा माग कम, आपूर्ति धेरैको अवस्था छ । सरकारले चालु आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । जबकि नेपालमा ३५ लाख जनालाई सुविधा दिन सक्ने होटेल, रिसोर्ट तथा गेस्ट हाउस र होमस्टे सञ्चालनमा छन् ।

“हामीले लगानी गरिसक्यौँ । एकपछि अर्को नयाँनयाँ होटेल पनि बनिरहेका छन् । तर, पर्यटकलाई ल्याउन सकिरहेको छैनौँ,” शाहले भने ।

शाहका अनुसार नेपालमा पछिल्लो सयम आन्तरिक पर्यटक पनि बढेका छन् । तर, पर्यटन क्षेत्रमा अझै उल्लेखनीय काम हुन नसकेको उनको भनाइ छ । त्यसका लागि सरकार र निजीसहित सबैको ध्यान पर्यटक भित्र्याउनतर्फ लाग्नुपर्ने शाहले बताए । उनी सीमित पूर्वाधारका कारण पर्यटन क्षेत्र उल्लेखनीयरूपमा माथि उठ्न नसकेको बताउँछन् ।

“पर्यटक भित्र्याउनका लागि पूर्वाधार सीमित छ । काठमाडौं एयरपोर्टमात्र हो । पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय फ्लाइट हुन सकिरहेको छैन । त्यसले गर्दा पर्यटक ल्याउन सकिरहेको छैनौँ ।”

अहिलेको सिजनमा तुलनात्मक रूपमा युरोपियन पर्यटक कम आउँछन् । वर्षातको मौसममा बाढी आउने, पहिरो जाने र बाटो बन्द हुने समस्याका कारण पर्यटक गतिविधि कम हुन्छ । सडक पूर्वाधारमा देखिएका समस्या हल गर्न सकेमा पर्यटकीय गतिविधि बढाउन सक्ने शाहको तर्क छ ।

भारत र चीनबाट सडक विस्तार गरेर पर्यटक तान्न सकिने उनको बुझाइ छ । सडक अभावका कारण दुई छिमेकी देशबाटै पर्यटक ल्याउन चुनौती रहेको उनले बताए । भारत र चीनबाट अहिले पनि सडकबाट पनि पर्यटक आउने गरेको भन्दै शाहले सडक सुविधा राम्रोसँग दिन सके पर्यटक आगमन बढाउन सकिने बताए ।

यो सिजनमा ट्रेकिङ जाने पर्यटक कम हुन्छन् । त्यसको विकल्पमा र्‍याफ्टिङ, बन्जी जम्पिङ, प्यारागाइडिङ जस्ता नयाँ प्रडक्ट आइसकेको उनले बताए । यी कुरामा रुचि राख्ने पर्यटकलाई अहिले पनि ल्याउन सक्ने शाहले बताए ।

पोखरामा ५ प्रतिशतमात्रै अकुपेन्सी

यस सिजनमा पोखरामा पाँच प्रतिशतमा अकुपेन्सी रहेको हान पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन् ।

“अकुपेन्सी अहिले त पाँच प्रतिशत मात्र छ । कहिलेकाहीँ बिदाको समय र शनिबार १० प्रतिशतसम्म पुग्छ । सेप्टेम्बरसम्म यस्तै नै हुन्छ,” सुवेदीले भने

उनका अनुसार ५ प्रतिशतमा सबै पर्यटक भारतीय र आन्तरिक मात्र हुन् । सडक बिग्रेको कारण पनि आन्तरिक पर्यटक कम भएको उनको बुझाइ छ ।

अहिले मुग्लिङ–पोखरा सडकखण्ड स्तरोन्नति काम भइरहेको छ । मुग्लिङ–नारायणगढको सडकमा अवरुद्ध भइरहने भएकाले पनि पर्यटकको संख्यामा कमी आएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन, उद्धार टोली परिचालन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu