ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्लाहीमा दलितलाई जातीय विभेद र कुटपिट गरेको आरोपमा वडाध्यक्षविरुद्ध जाहेरी


एबीसी न्यूज
२३ श्रावण २०८०, मंगलबार   ४ : ५३   बजे

काठमाडौं २३ साउन । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष श्याम थापासहित स्थानीय तीन व्यक्तिविरुद्ध जातीय विभेद र छुवाछूत आरोपमा प्रहरी कार्यालयमा जाहेरी परेको छ।

स्थानीय ६५ वर्षीय जनकबहादुर विक, ४५ वर्षीया सुमित्रा विक र २३ वर्षीय रवि विकले जातीय भेदभाव र छुवाछूत कसुरअन्तर्गत वडाध्यक्ष ६५ वर्षीय श्याम थापा, उनका छोरा ३२ वर्षीय हिमाल थापा र स्थानीय ३८ वर्षीय राजेन्द्र खड्काविरुद्ध आज मंगलबार बयलबासस्थित इलाका प्रहरी कार्यालयमा संयुक्त रूपमा जाहेरी दिएका हुन्।

जाहेरीअनुसार घटना गत असार १७ गतेको हो। त्यस दिन साँझ वडाध्यक्ष श्याम थापाका छोरा हिमाल रक्सीले मातेर घरमै आई स्थानीय वृद्ध जनक विकलाई एक्कासि जातीय रूपमा होच्याउने गाली गर्दै कुटपिट गरेको आरोप लगाइएको छ। त्यस क्रममा घटनास्थल पुगेका जनकका भतिज रवि र भाइबुहारी सुमित्रालाई समेत हिमाललगायत उनले बोलाएका गैरदलित समुदायका व्यक्तिहरूले लछारपछार पार्दै कुटेको आरोप जाहेरीमा लगाइएको छ।

जाहेरीमा अगाडि लेखिएको छ, ‘ झडपमा रमा खड्का तथा रेखा खड्काले यी चौरीका कमिनी, डंकिनी, डुम्नीहरू धेरै चढिएका छन्, ठीक लगाउनुपर्छ भन्दै आक्रमण गरेको र पछि झडप साम्य गर्न लाग्दा राजेन्द्र खड्काले निवेदन सुमित्रा विकलाई टिपेर पछारेको र ऐ ऐ बस्ने अनिता कार्कीसमेतले लाठी प्रहार गरी हामी जाहेरवालातर्फको सुमित्रा विश्वकर्मासहित चाररपाँच जना सख्त घाइते हुनुभयो।।।।’

यसपछि इलाका प्रहरी कार्यालय ९बयलबास० मा दुवै पक्षलाई राखेर गरिएको छलफलमा पनि वडाध्यक्षका छोरा हिमाल थापाले गल्ती महसुस गर्नुको साटो प्रहरीकै सामुन्ने जातीय अपमानजनक शब्द प्रयोग गरी उल्टै धम्क्याउँदै छलफलस्थलबाट हिँडेको आरोप पीडित दलितहरूले लगाएका छन्।

जाहेरीमा भनिएको छ, ‘प्रहरी कर्मचारीहरूको सामुन्ने नै निज हिमाल थापाले पुनः जातीय विभेद हुनेगरी ‘यी दमाई कामीहरूलाई त जुत्ताको तल धुलो बनाएर राख्नुपर्छ, अब यिनीहरूलाई कसरी ठीक लगाउने हो, मैले जानेको छु’ भन्दै वडाध्यक्षको छोरा हुँ भन्ने पदीय र जातीय दम्भ देखाउँदै आफूले गरेको गल्तीको कुनै किसिमको क्षमायाचना नै नगरी छलफलको कुनै टुंगोमा नै नपुगी छलफल स्थलबाट हिँड्नुभयो।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu