ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन प्रकरणमा महराजीले आफै छानविनको माग गरेको माओवादी नयाँ प्रवक्ताको दावी


ABC NEWS
२४ श्रावण २०८०, बुधबार   २ : २९   बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रले सुन तस्करी प्रकरणमा पार्टी नेता कृष्णबहादुर महराको नाम जोडिए पनि वास्तविकता बाहिर नआएको नवनियुक्त माआवादी प्रवक्ता अग्नी सापकोटाले बताएका छन् ।

हालै सम्पन्न केन्द्रीय समितिबाट प्रवक्ता नियुक्त भएपश्चात् बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै अग्नि सापकोटाले सुन काण्डको यथार्थ विवरण बाहिर नआएकाले भ्रम भएको बताएका हुन् ।

उनले पार्टीको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पनि निष्पक्ष छानबिनको माग गरेको बताए । साथै, महरा आफैले निष्पक्ष छानबिन गर्न माग गरेको पनि उनले जानकारी दिए ।

“पदाधिकारीको बैठकमा कृष्णबहादुर महराले निष्पक्ष छानबिन होस् भन्नुभएको छ । बाहिर आएजस्तो होइन, केन्द्रीय सदस्यले जो परे नि निष्पक्ष गर्नुपर्छ भन्नुभएको छ । जोसम्म तथ्य र प्रमाणले पुग्छ, कारबाही हुन्छ,” उनले भने ।

उनले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुर्याउने कुरामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दृढ भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu