ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गौर घटनाका पीडितसँग सरकारको सहमतिले झस्कियो जसपा, सत्ता सहकार्य नै टुंगिनसक्ने !


एबीसी न्यूज
२४ श्रावण २०८०, बुधबार   ३ : ०५   बजे

काठमाडौं, २४ साउन । गौर घटनाको विषयमा सरकार र पीडितबीचको सहमतिलाई लिएर जनता समाजवादी पार्टी असन्तुष्ट बनेको छ । मंगलबार सरकार र पीडित पक्षबीच पाँचबुँदे सहमति भएपछि जसपाले सत्ता सहकार्यकै विषयमा छलफल थालेको छ ।

जसपाले सरकार र पीडितबीच भएको सहमतिलाई जसपाविरुद्धको षड्यन्त्रको रूपमा अथ्र्याएको छ । उसले सत्ता सहकार्यसहितका विषयमा निर्णयमा पुग्न आवश्यक भन्दै छलफल सुरु गरेको हो ।

जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवले आफूहरुविरुद्ध षड्यन्त्र भएको बताए । उनले बैठक बसेर आधिकारिक धारणा बाहिर ल्याउने पार्टीको तयारी रहेको जानकारी दिए ।

“पार्टीले यसलाई गम्भीर रुपमा लिएको छ । यो सामान्य र हल्का रुपले लिने कुरा भएन । पार्टीले बैठक बसेर औपचारिक धारणा ल्याउँछ, कसरी अघि बढ्ने भनेर,” यादवले बाह्रखरीसँग भने, “हिजोको सम्झौता सामान्य होइन । यसमा हामीविरुद्ध षड्यन्त्र भएको छ ।”

सरकार छाड्ने हो भन्ने प्रश्नमा उनले बैठकपछि मात्र बोल्न सकिने जानकारी दिए । बैठक बस्ने टुंगो नभएको भन्दै उनले जतिबेला जहाँ पनि बस्न सक्ने बताए । यता, अध्यक्ष उपेन्द्र यादवले सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहमतिको विषयमा टेलिफोन गरिसकेका छन् ।

२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित सुगर मिल्स मैदानमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा ९माओवादी०बीच झडप हुँदा २७ माओवादी कार्यकर्ता मारिएका थिए । आमसभाको कार्यक्रम एकैदिन एकै स्थानमा तोकिएपछि दुई पार्टीबिच झडप भएको थियो ।

गौर घटना भनेर चिनिने उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको प्रकृया अहिलेसम्म अघि बढाइएको छैन । त्यसबेला किटानीसहित दिइएका जाहेरीमा समेत सुनुवाइ नभएपछि पीडितहरु आन्दोलित थिए । घटनाको १७ वर्षपछि गृह मन्त्रालयले पीडितहरूसँग पाँचबुँदे सम्झौता गरी त्यसबेलाका जाहेरीसहित घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमति गरेपछि जसपा बिचलित भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण: हानेपाका बज्राचार्य भौतिक पूर्वाधारमन्त्री नियुक्त

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu