ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किसानलाई पहिले भुक्तानी, त्यसपछि मात्र गोलभेँडा ढुवानी !


एबीसी न्यूज
२५ श्रावण २०८०, बिहिबार   १२ : ०३   बजे

काठमाडौं,२५ साउन । गोलभेँडाको मूल्यमा अत्यधिक वृद्धि भएको छ । अहिले कोसी प्रदेशको राजधानी विराटनगरमा गोलभेँडा प्रतिकेजी १६० देखि २०० रुपैयाँसम्म बिक्री भइरहेको छ ।

विराटनगरका थोक बिक्रेताले गएको असार पहिलो सातासम्म किसानले पठाएको गोलभेँडा मात्र अन्कनाउँदै बिक्री गर्ने गरेका थिए । खरिद गर्न आफैँ अग्रसर हुँदैन थिए ।

तीन सातामा यो अवस्था ठ्याक्कै उल्टो भएको छ । अहिले व्यापारीले किसानको खातामा अग्रिम रकम भुक्तानी गरिदिएपछि मात्र गोलभेँडा विराटनगर पठाइन्छ ।

कोसी प्रदेशमा विशेष गरी धनकुटामा धेरै गोलभेँडा फल्छ । त्यहाँबाट दैनिक ३० टनसम्म गोलभेँडा तराईका विभिन्न बजारमा पठाइन्छ ।

अहिले किसाले गोलभेँडाको हालसम्मकै धेरै मूल्य लिइरहेका धनकुटा नगरपालिका–४, ठोकागाउँका स्थानीय अगमशेर राई बताउँछन् । “पहिले गोलभेँडा बिक्री गरिदिनुहोस् भन्दै व्यापारीलाई अनुरोध गर्नुपर्ने अवस्था थियो,” उनी भन्छन्, “अहिले भने व्यापारीले पहिले पैसा पठाउनुहुन्छ अनि यताबाट गोलभेँडा पठाउँछौँ ।”

मूल्यवृद्धिले यस क्षेत्रका किसानलाई निकै राहत मिलेको छ । असार पहिलो साता प्रतिकिलो १० रुपैयाँमा पनि गोलभेँडा बिकेको थिएन । अहिले किसानले बारीमै गोलभेँडाको मूल्य प्रतिकेजी १२० रुपैयाँसम्म पाइरहेका छन् । त्यो पनि अग्रिम भुक्तानी ।

गुदरी बजारका थोक बिक्रेता गुड्डु मियाँका अनुसार व्यापारीले पहिल्यै रकम भुक्तानी गरेपछि मात्र किसानले गोलभेँडा पठाउने गरेका छन् । “हामीले किसानको खातामा रकम ट्रान्सफर गरिदिएपछि उहाँहरूले अर्डरअनुसारको परिमाण पठाइदिनुहुन्छ,” मियाँले भने ।

भारतमा समेत गोलभेँडाको मूल्य बढेर नेपालतर्फ पठाइन छाडेपछि आफूहरूको उत्पादनले उचित मूल्य पाएको धनकुटा–७, श्रीवानीका किसान मात्रिका राई बताउँछन् ।

“हामी त छक्क परेका छौँ, जीवनमै नपाइएको मूल्य यो सिजनमा पाइयो,” राई भन्छन्, “कतिपय किसानको बोट बर्खाका कारण सुक्न समेत थालेका छन् । तर, व्यवस्थित र टनेल प्रविधि अपनाएका किसानलाई भने राम्रो फाइदा भएको छ ।”

यहाँको पहाडी क्षेत्रको उत्पादन भारततर्फ समेत निर्यात गर्न थालिएको छ छ । औपचारिक ‘च्यानल’बाट भने भारततर्फ निर्यात नगरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका अनुसार कतिपय व्यापारीले रिक्साठेलामा ‘लोड’ गरेर गोलभेँडा भारततर्फ लैजाने गरेका छन् । यसरी कर नलाग्ने र सामान्य फाराम भरेर लैजान पाइने भएकाले कति परिमाणमा गयो भन्ने तथ्यांक नराखिएको कार्यालयले जनाएको छ ।

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लाका अधिकांश स्थानीय तहमा व्यावसायिक रूपमा गोलभेँडा खेती गर्ने गरिएको छ । केन्द्रका प्रमुख नगेन्द्र रानामगर भन्छन्, “अहिले गोलभेँडाको माग अधिक बढेका कारण किसानले पनि राम्रो मूल्य पाउनुभएको छ ।”

धनकुटामा उत्पादन हुने गोलभेँडा विराटनगर, दमक, बिर्तामोड, इटहरी, धरान, लहान, इनरुवालगायत क्षेत्रमा बिक्री गर्ने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण: हानेपाका बज्राचार्य भौतिक पूर्वाधारमन्त्री नियुक्त

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu