ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीआईबीले पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईको बयान लिने, के थियो भूमिका ?


एबीसी न्यूज
२५ श्रावण २०८०, बिहिबार   १२ : ४८   बजे

काठमाडौं, २५ साउन । ललितानिवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने भएको छ ।

नेपाल र भट्टराई प्रधानमन्त्री हुँदा मन्त्रिपरिष्दको निणर्यबाट सो सरकारी जग्गा व्यक्तिका नाममा दर्ता हुन पुगेको थियो । सोही विषयमा सीआईबीले दुवैजनासँग बयान लिन लागेको हो ।

आन्तरिक छलफलपछि नेपाल र भट्टराईमाथि समेत बयान लिनुपर्ने निर्णयमा पुगेको सीआईबी स्रोतको भनाइ छ । बयानका लागि कुन दिन बोलाउने भन्नेबारे टुंगो नलागेको स्रोतले बतायो ।

गएको आइतबार सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा निणर्यकर्तामाथि समेत अनुसन्धान गर्ने बाटो खोलिदिएको थियो ।

हाल नेपाल युरोप भ्रमणमा र भट्टराई काठमाडौंमै छन् । उनीहरूले अनुसन्धानमा सहयोग गर्दै बताउँदै आएका छन् ।

के थियो नेपाल र भट्टराईको भूमिका रु
०४९ देखि ०७० सालसम्म विभिन्न मितिमा गरेर ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको थियो ।

पूर्वप्रधानमन्त्री नेपालले ०६६ मा बालुवाटारस्थित प्रधानमन्त्रीको निवास विस्तार गर्दा प्लटिङको बाटो बनाउने क्रममा जग्गा मोहीका नाममा दर्ता हुन पुगेको देखिएको छ । बाहिरको जग्गा प्रधानमन्त्री कार्यालयको पर्खालभित्र पर्दा त्यहाँ रहेका मोहीलाई सट्टाभर्नामा जग्गा दिने निर्णय गरिएको हो ।

तर, मन्त्रिपरिषद्ले नै सरकारी जग्गामा हुँदै नभएको मोही खडा गरेर उनीहरूलाई अन्यत्र व्यवस्थापन गर्ने नाममा जग्गा नामसारी गरेको अनुसन्धानमा देखिएको छ ।

यस्तै, ०६९ मा भट्टराई प्रधानमन्त्री हुँदा मालपोत कार्यालय डिल्लीबजारलाई ललितानिवासभित्र रहेको ६० आना जग्गा पशुपति टिकिन्छा गुठीका नाममा दर्ता गर्न स्वीकृति दिएका थिए ।

भूमाफियाले गुठीका नाममा सरकारी जग्गा दर्ता गर्ने र त्यसमा मोही देखाएर व्यक्तिका नाममा सार्ने प्रपञ्चमा भट्टराई प्रधानमन्त्री हुँदा सैद्धान्तिक सहमति दिएको देखिएपछि उनी यो प्रकरणमा तानिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण: हानेपाका बज्राचार्य भौतिक पूर्वाधारमन्त्री नियुक्त

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu