ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेविसंघको जम्बो समितिप्रति चर्को असन्तुष्टि, विद्यार्थीहरुले भेटे देउवालाई


एबीसी न्यूज
२५ श्रावण २०८०, बिहिबार   १ : १६   बजे

काठमाडौं, २५ साउन । नेपाल विद्यार्थी संघको जम्बो केन्द्रीय समितिलाई लिएर असन्तुष्टि बढ्दै गएको छ।

मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघमा ७१० जनालाई केन्द्रीय सदस्य बनाउन गरेको मनोनयनप्रति असन्तुष्टि देखिएको हो।

उक्त मनोनयनलाई लिएर असन्तुष्ट नेता कृष्ण सिटौलासहितको समूहले सभापति देउवालाई धुम्बाराही पुगेर ध्यानाकर्षण पत्र नै बुझाएका छन्।

डेढ वर्षपछि आएको केन्द्रीय कार्यसमितिले कुनै रुपमा समावेशीताको सिद्धान्त पालना नगरेको भन्दै विद्यार्थीहरुले सभापतिलाई देउवालाई ध्यानाकर्षण गराएका हुन्।

‘समावेशीकरण लोकतान्त्रिक शासनको अवधारणा हो। राज्यको मूलधारमा आउन नसकेका वर्ग र समुदायलाई समेट्न गरिने प्रयास समावेशीकरण हो। नेविसंघले सदैव समावेशीकरणलाई मध्यनजर गर्दै अघि बढ्नु पर्छ’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नेविसंघको विधान, २०२७ ९सातौं संशोधन २०७५० भाग(१ धारा ३ स् उद्देश्य जसमा समावेशी सिद्धान्तको कार्यन्वयन गरी आमविद्यार्थीको प्रतिभा, विकास र अवसरको थलो बनाउने भनिएको छ। समावेशी सिद्धान्तको कार्यन्वयन गर्ने कुरालाई लेखिएको छ। तर नेतृत्वले विधानविपरीत ७११ जनाको कमिटी बनाउँदै गर्दा लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने र विचार मान्ने विद्यार्थीको समावेशीकरणलाई लत्ताएर संगठन बनाउनु आफैँमा लज्जास्पद विषय हो।’

नेविसंघको मनोनयनमा सिटौला समूहको असन्तुष्टि, विद्रोह गर्ने चेतावनी  देउवाले बनाए नेविसंघमा जम्बो तदर्थ समिति, केन्द्रीय सदस्य नै ७१० जना  नेविसंघका दुई समूह उत्रिएपछि कांग्रेस मुख्यालय सानेपामा तनाव विद्यार्थीहरुले महिला, मधेसी, आदिवासी(जनजाति, दलित, अपांग, अल्पसंख्यक तथा पिछडिएका वर्गका लागि समावेशी सिद्धान्तको परिपालना नेविसंघले गर्नुपर्ने पनि भनेका छन्।

‘७११ जनाको कमिटीमा कुनै पनि लिङ्ग र समुदायलाई नियमअनुरुप समावेश गरेको पाइँदैन, यो सरासर गलत हो’, त्रिभुवन विश्वविद्यालय स्ववियु कोषाध्यक्ष पदमा भुसालले भनिन्, ‘हामी लोकतान्त्रिक विचार मान्ने संगठनका विद्यार्थी नेता भएर पनि लोकतान्त्रिक नियम नमान्नु दुस्खद कुरा हो। यो आफैँमा ठूलो अन्यायपूर्ण निर्णय हो।’

देउवालाई ध्यानाकर्षण पत्र बुझाउन नेपाल ल क्याम्पसका स्ववियु सदस्य सपना गौतम र विवेचना न्यौपाने, शंकरदेव क्याम्पस स्ववियु सदस्य रन्जिता अधिकारी अस्कल क्याम्पसका नेविसंघ नेता श्याम शाह, किरण चौलागाईं, ल क्याम्पसका नेविसंघ नेतृ केरिना गहतराज, त्रिभुवन विश्व विद्यालयमा नेविसंघ नेता सौरभ कोइराला, कैलाशकुट बहुमुखी क्याम्पस नेविसंघ नेता विनोद विक र नेविसंघ नेता मोहम्मद अल्ताफ नेपालीसहित पुगेका थिए।

नेविसंघको मनोनयनलाई लिएर बुधबार दुई समूहबीच कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडपको अवस्था भएको थियो।

यो मनोनयनप्रति कृष्ण सिटौला समूहले आपत्ति जनाउँदै विद्रोहको चेतावनी दिएको छ। मनोनयनमा असन्तुष्टहरुले समानान्तर कार्य समितिको चेतावनी पनि दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group