ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद सुनिल शर्मामाले एमबीबीएस पढ्न नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप


एबीसी न्यूज
२५ श्रावण २०८०, बिहिबार   ४ : ५१   बजे

 

काठमाडौं २५ साउन। सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको विषयमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद डा। शर्माले एमबीबीएस अध्ययन गर्ने क्रममा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै परेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी उच्चस्रोतले बाह्रखरीलाई दिएको जानकारीअनुसार सांसद डा. शर्माले मेडिकल काउन्सिलमा पनि सोही प्रमाणपत्र पेस गरेका छन् ।
“उहाँले प्लसटूको शैक्षिक प्रमाणपत्र नक्कली बनाउनुभएको रहेछ । सोही प्रमाणपत्रको आधारमा एमबीबीएस पढ्नुभयो र मेडिकल काउन्सिलबाट लाइसेन्स लिनुभयो । यसैमा परेको उजुरीको आधारमा उहाँलाई पक्राउ गरिएको हो,” उच्च स्रोतले भन्यो ।

मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई प्लस टुको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सीआईबीले बिहीबार पक्राउ गरेको हो।

‘उहाँ (सुनिल शर्मा) लाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको पुरानै मुद्दामा पक्राउ गरिएको हो’, नेपाल प्रहरीको उच्च स्रोतले नेपालखबरलाई भन्यो, ‘प्लस टु उत्तीर्ण गर्नका लागि नम्बर नपुग्दा उहाँ आफैंले थपेको पाइएको छ।’

मोरङ क्षेत्र नम्बर ३ बाट २०७९ मंसिर ४ को निर्वाचनमा विजयी शर्मा कांग्रेसमा नेता डा. शेखर कोइरालानिकट मानिन्छन्।

उनले गत साउन ३ गते त्रिभुवन विमानस्थल परिसरबाट बरामद १०० केजी सुन प्रकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए।

शर्माले गत साउन १० गते संसद् बैठकमै सुन तस्करीका मुख्य अभियुक्त नसमातिए आमरण अनशन बस्ने चेतावनी दिएका थिए।

 

‘सुन प्रकरणलाई गुमचुप पारेर गाउँको भरियालाई मात्रै हिरासत राख्ने र मुख्य नाइकेहरू भाग्छन् र अर्थमन्त्री र गृहमन्त्रीले त्यही भुजेललाई मात्रै पक्रेर बस्छन् भने प्रधानमन्त्री फर्केपछि उहाँहरूले तोकेको मितिभित्र भरियामात्रै पक्राउ पर्छ भने यो सदनभित्र म आमरण अनशन घोषणा गर्न चाहन्छु‚’ उनले भनेका थिए।

कांग्रेसकै सांसद शर्माको सार्वजनिक अभिव्यक्तिका कारण अर्थमन्त्री डा. महत रुष्ट बनेका थिए। उता गृहमन्त्री श्रेष्ठ पनि उनीसँग चिढिएका थिए।

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा. महतले गत साउन १० गते नै सांसद शर्मामाथि कारबाही गर्ने चेतावनी दिएका थिए।

पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णय सुनाउने क्रममा महतले उक्त चेतावनी दिएका थिए।

शर्माले आफ्नो अस्पतालमा स्वास्थ्य बिमाको व्यवस्था गर्न दबाब दिँदा आफूले नियमसम्मत हुने भनेपछि जथाभावी बोल्दै हिँडेको आरोप मन्त्री महतको थियो।

सांसद शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक पनि हुन्।

शर्माले बुधबार प्रतिनिधिसभाको बुधवारको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले विमानस्थलबाट भएको सुन तस्करीलाई लिएर नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए।

सुन तस्करी प्रकरणमा मन्त्री महतको समेत संलग्नता रहेको आरोप शर्माले लगाएका थिए।

तर महतले शर्माले अराजकता र अनुशासनहीनता प्रस्तुत गरेको बताए। महत कांग्रेस सभापति शेरबहादुर देउवानिकट हुन्।

सम्बन्धित समाचार

नक्कली शैक्षिक प्रमाणपत्रका कारण कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu