ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्‍मा गतिरोधबीच सभामुख र राष्ट्रियसभा अध्यक्षले एकसाथ भेटे राष्ट्रपतिलाई


एबीसी न्यूज
२६ श्रावण २०८०, शुक्रबार   १ : २१   बजे

काठमाडौं, २६ साउन । पछिल्लो समय संसद्‍मा गतिरोध बढिरहेका बेला संघीय संसद्‍को नेतृत्वले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेको छ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बिहीबार बिहान १० बजेदेखि आधा घण्टासम्म राष्ट्रपतिसँग छलफल गरेका हुन्।

उनीहरु दुवैजना राष्ट्रपति पौडेलसँग छलफलका लागि बिहीबार बिहान एकसाथ महाराजगञ्जस्थित शीतल निवासमा एकसाथ पुगेका थिए।

तीनजनाबीच आधा घण्टासम्म भएको उक्त भेटघाटमा संसदको जारी अवरोधबारे छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहार शेखर अधिकारीले जानकारी दिएका छन्।

भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउन सभामुख र राष्ट्रिय सभाका अध्यक्षबाट भएका छलफल र प्रयासबारे जानकारी लिएको अधिकारीले बताए।

उक्त भेटमा सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट पनि सहयोगको अपेक्षा राखेका थिए।

भेटका क्रममा राष्ट्रपति पौडेलले संसद्‍मा जारी गतिरोधप्रति चासो व्यक्त गरेका थिए।

सभामुख र राष्ट्रियसभाकासँगको भेटका क्रममा उनले संसद्को गतिरोधप्रति चासो राखेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र कानुन निर्माणमासमेत बाधा पुग्ने भन्दै गतिरोध हटाउन भइरहेको पहलबारे जिज्ञासा राखेका हुन्।

राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद‍्‍मा रहेका सबै दललाई विश्वासमा लिएर संसद खुलाउने आवश्यक पहल गर्न सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाको ध्यानाकर्षण गराएका छन्।

गत साउन ३ गते त्रिभुवन विमानस्थलबाहिरबाट बरामद भएको १०० केजी सुन प्रकरणलाई लिएर संसद्‍मा १५ दिनयता गतिरोध जारी छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ। तर सत्तारुढ गठबन्धन उच्चस्तरीय समित बनाउन तयार छैन।

१३ दिनपछि बसेको लप्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी भोली ९बुधबार० दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ।

सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जबाफ चित्तबुझ्दो नभएको भन्दै नेकपा एमालेले संसद्‍मा नाराबाजी यही मंगलबार बसेको बैठक पनि स्थगित भएको थियो।

अर्कातिर राष्ट्रिय सभामा पनि एमालेले त्यही माग राखेर अवरोध जारी राखेको छ। सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशशरण महतको भूमिकामाथि एमालेले प्रश्न उठाउँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu